समाजवादी प्रेस संगठन नेपालको अध्यक्षमा सुवेदी र महासचिवमा ऐलन विजयी !

142

पर्वत-यहीँ जेष्ठ २६ र २७ गते काठमाडौंमा आयोजित समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय अधिवेशन नयाँ नेतृत्व छनौट गरि सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको उक्त अधिवेशनबाट अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित हुनुभएको छ । अध्यक्षमा उम्मेदावरी दिएका भूपराज खड्का र राघव शाहलाई पराजित गर्दै सुवेदी निर्वाचित हुनुभएको हो।
नवनिर्वाचित अध्यक्ष सुवेदीले १४७ मत प्राप्त गर्नुभएको छ भने, उहाँका निकटतम प्रतिद्वन्दी खडकाले ११९ मत प्राप्त गर्नुभयो ।
यस्तै अर्का उम्मेदवार शाहले १५ मत गर्नुभएको छ ।
खुला उपाध्यक्षमामा नवराज छत्कुल्ली १५० मत सहित विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्दी राजेन्द्र कुवरले ११६ मत ल्याई पराजित हुनुभयो । त्यस्तै महिला उपाध्यक्षमा अस्मिता गिरी १७१ मत ल्याई  विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्दी उर्मिला कुवरले  ९० मत प्राप्त गर्नुभयो ।
सुदुरपश्चिम प्रदेशको उपाध्यक्षमा नरेन्द्र भट्ट विजयी हुनुभयो भने अन्य ६ प्रदेशका उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा १३९ मत प्राप्त गरि रामकुमार एलन विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी हृदय भुसालले १३० मत प्राप्त गर्नुभयो ।
उपमहासचिवमा प्रेम गौतम, प्रतिज्ञा बुढा मगर र लेखनाथ सिकारु विजयी हुनुभएको छ । त्यस्तै सचिव (खुला) शिव प्रसाद ढुंगाना, अनिल शाही, पुर्ण बहादुर कार्की, सचिव (महिला) कान्ति न्यौपाने,सचिव (दलित),प्रदिप नेपाली र कोषाध्यक्षमा कृपा भण्डारी विजयी हुनुभएको छ ।
पदाधिकारी सहित १५१ सदस्यीय कार्यसमिति रहेको संगठनका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here