28.1 C
Kathmandu
Tuesday, July 16, 2024

समाजवादी प्रेस संगठनको केन्द्रिय सदस्यमा लक्ष्मण विश्वकर्मा निर्वाचित !

पर्वत-समाजवादी प्रेस संगठन नेपालको केन्द्रिय सदस्यमा पर्वतका लक्ष्मण विश्वकर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यहीँ जेष्ठ २६ र २७ गते काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट विश्वकर्मा निर्वाचित हुनुभएको हो ।
विगत १ दशकदेखि संचार क्षेत्रमा क्रियाशिल विश्वकर्मा समाजवादी प्रेस संगठन पर्वतको अध्यक्ष अध्यक्ष हुनुहुन्छ ।
विश्वकर्मा पर्वतबाट संचालित नयन न्युजका प्रबन्ध निर्देशक तथा कार्यकारी सम्पादक हुनुहुन्छ भने राष्ट्रिय स्तरका मिडियामा पनि आवद्ध रहेर काम गरिरहनुभएको छ ।
समाजवादी प्रेस संगठनलाई सुदृढ गराउदै श्रमजीवी पत्रकारहरुको हक हितमा काम गर्ने विश्वकर्माले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

ताजा

Related Articles