धवलागिरी गाउँपालिकामा दीर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम संचालन

115

बेनी-म्याग्दीको धवलागिरी गाउँपालिकाले दीर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम संचालन गरेको छ । दीर्घरोगीहरुको अवस्था पहिचान र उनीहरुको औषधि उपचारमा सघाउने उद्देश्यले कार्यक्रममा सञ्चालन गरिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले दीर्घरोगीहरुलाई घरदैलोमै पुगेर औषधी उपचारको ब्यवस्था मिलाउने उदेश्य राखेर कार्यक्रम गरिएको बताए ।

‘जनताको घरदैलोमा पुगेर सेवा दिन्छाँै, दीर्घरोगीलाई भेट्न घरमै कोशेली लिएर पुग्छौँ,’ अध्यक्ष पुनले भने । कार्यक्रममार्फत् सबै वडा र बस्तीबाट नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीहरुको विवरण संकलन गरिएको छ । नियमित औषधि सेवन गर्ने विवरण संकलन गरेर सात वटै वडामा घरभेट गर्ने कार्यक्रम अनुसार वडानम्वर १ गुर्जामा दीर्घरोगीहरुसंग भेटघाट गरिएको हो ।

यसअघि अन्य पाँचवटा वडामा कार्यक्रम गरिएको थियो । गुर्जामा ६ जना दीर्घरोगी पहिचान भएका गाउँपालिकाले स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले बताइन्। वडानम्वर २ लुलाङमा कार्यक्रम गर्न बाँकी छ । सबै वडामा दीर्घरोगीले सेवन गर्ने औषधीको विवरण संकलन गरेर औषधि उपलब्ध गराउने योजना गाउँपालिकाको रहेको छ ।दिर्घरोगीसंग अध्यक्ष कार्यक्रमको लागि धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेको छ । दीर्घरोगीको सेवामा जिल्लाका स्थानीय तहले प्राथमिकता राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here