19.1 C
Kathmandu
Friday, April 17, 2026

पर्वतमा भूमिहीन सुकुम्बासीहरुलाई जग्गा वितरण गर्ने तयारी तिव्र, हालसम्म २९ लाभग्राही कायम (विवरण सहित)

लक्ष्मण बिसि,पर्वत-राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतले जिल्लामा रहेका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई जग्गा वितरण गर्ने तीव्र तयारी गरेको छ । जिल्ला समितिको निर्णय अनुसार हालसम्म कागजी प्रक्रिया पुगेका ३ वटा पालिकाका २९ जना निवेदकले जग्गा पाउने निश्चित भएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतका अध्यक्ष उदय प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
वडा, पालिका हुँदै प्रक्रिया पुगेर जिल्ला समितिमा आएका निवेदनहरुको जाँचबुझ गरी २९ लाभग्राहीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउने निर्णय भएको र अन्य निवेदकको छानबिन भैरहेको सुवेदीले   बताउनुभयो । हालसम्म बिहादी गाउँपालिकाका १३, मोदी गाउँपालिकाका ९ र जलजला गाउँपालिकाका ७ गरि २९ लाभग्राहीको नियमानुसार कागजात पूरा भई लाभग्राही कायम भएका हुन ।
प्रक्रिया पुगेका र जिल्ला समितिबाट निर्णय भएका लाभग्राहिहरुका लागि सम्बन्धित पालिकामा जग्गा व्यवस्थापन गर्न अनुरोध गर्ने र नापजाँच गरि फिल्डबुक तयार पारेर जग्गाको लालपुर्जा वितरण गरिने उहाँले बताउनुभयो ।
सुवेदीले भन्नुभयो “हामी दिनरात आयोगको काममा खटिएका छौँ,निकै लामो समयको प्रयासपछि हालसम्म २९ लाभग्राहीहरु कायम गर्न सफल भएका छौ ।”अब पालिकालाई जग्गा खोज्न लगाउछौ अनि पालिकामा नै कार्यक्रम आयोजना गरि पुर्जा वितरण गर्छौं ।” पालिकाहरुबाट प्राप्त भएका निवेदनहरुको बारेमा नियमित बैठक बसेर छ्लफल तथा जाँचबुझ भएको बताउदै जिल्लामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जतिसक्दो चाडै पुर्जा वितरण कार्यमा जोड दिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।
अहिले जिल्ला समितिमा प्राप्त बिहादी, मोदी र जलजला गाउँपालिकाका निवेदनहरुको छानबिन भैरहेको उहाँको भनाइ छ । त्यस्तै कुश्मा नगरपालिका, फलेवास नगरपालिका, महाशिला गाउँपालिका र पैंयु गाउँपालिकाबाट भने जिल्ला समितिमा निवेदन आइसकेका छैनन् ।लाभग्राही कायम भएका सुकुम्बासीहरुले राष्ट्रिय भूमि आयोगको प्राबधान र मापदण्डअनुसार जग्गा प्राप्त गर्नेछन् । जग्गा पाउने भएपछि भूमिहीन सुकुम्बासीहरु खुसी भएका छन् ।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासी कायम भएका लाभग्राहीहरुको विवरण:-
बिहादी गाउँपालिका
१, गंगा वहादुर बि क वडा नं १ बाच्छा
२, पुर्ण बहादुर थापा वडा नं १
३, मनकुमारी खत्री वडा नं १
४,टिकाकुमारी दर्जी वडा नं २ वर्राचौर
५, लोक वहादुर नेपाली वडा नं २
६, कुमार दर्जी वडा नं २
७, मनवहादुर दर्जी वडा नं २
८,डिलमया वि क वडा नं २
९, शेरबहादुर दमै वडा नं ३ रानिपानी
१०, सृजना दर्जी वडा नं ३
११, दलवहादुर अर्याल वडा नं ५ उराम
१२,भुपाल बि.क वडा नं. १ बाच्छा
१३, सरुपा दर्जी वडा नं. ३
मोदी गाउँपालिका
१, दिपक कुमार क्षेत्री वडा नं ७
२,लोकवहादुर पुलामी थापा मगर वडा नं ६
३, इश्वरी धर्ती क्षेत्री वडा नं ६
४,वैंशलाल दर्जी वडा नं ६
५, जानकी क्षेत्री लामिछाने वडा नं ६
६,हर्क बहादुर कामी वडा नं ६
७, शान्ति नेपाली वडा नं ६
८, विष्णु गिरी वडा नं २
९,गिवन गुरुङ वडा नं ५
जलजला गाउँपालिका
१, राजेश विश्वकर्मा वडा नं २
२, गणेश बहादुर क्षेत्री वडा नं ८
३,ढकविर वि क वडा नं ८
४, जीवन परियार वडा नं ८
५, पुर्ण बहादुर पुन वडा नं ५
६,बुझिनी दमाई वडा नं २
७, धनबहादुर माझी वडा नं ८

ताजा

Related Articles