29.1 C
Kathmandu
Saturday, July 27, 2024

त्रिभुवन माबिमा अवैधानिक कार्यबाहक विव्यस अध्यक्ष हटाएर वडा अध्यक्षलाई जिम्मा

महेन्द्र जिसी,पर्वत- शिक्षा ऐन र विधानमा व्यवस्था नभएको विद्यालय व्यवस्थापन समितिको कार्यवहाक अध्यक्ष पद खारेज गर्न अभिभावकहरुले माग गरेका छन । पर्वतको फलेवास नगरपालिका-३ शंकर पोखरीमा रहको श्री त्रीभुवन माध्यमिक विद्यालयका अभिभावकहरुले यस्तो माग गरेका हुन । विद्यालयमा एक भेला आयोजना गरेर अभिभावकहरुले नियमानुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न माग गरेका छन । भेलाले अबैधानीक रुपमा कार्यवहाक विव्यास अध्यक्ष बनेको भन्दै धन बहादुर थापालाई हटाएर वडा अध्यक्ष अर्जुन बहादुर कार्की लाई नै विव्यासको जिम्मा लगाएका हुन । स्थानीय जगत लामीछानेले विद्यान विपरीत कार्यबहाक पद ओगटेको भन्दै विरोध गर्नु परेको बताए । विद्यालयमा भएका पुर्वाधार निर्माण गर्न ठेक्का हत्याउने दाउमा अबैधानीक तवरबाट कार्यवहाक अध्यक्ष भएको भन्दै निर्वाचन मार्फत समीती चयन गर्न अभिभावकहरुले माग गरेका हुन । अभिभाबकहरुले वडा न ३ का वडा अध्यक्ष अर्जुन बहादुर कार्की र फलेवास नगर शिक्षा अधिकारी कृष्ण आचार्य समक्ष निमअनुसार व्यवस्थापन समीती चयन गर्न माग गरेका छन् । विगत एक वर्ष देखी व्यवस्थापन समिति विहीन भएको विद्यालयमा नियम विपरीतको कार्यवहाक अध्यक्ष बनेको भन्दै नियमानुसार बनाउन पहीलो चरणको दवाब दिएको बताएका छन । अभिभावकहरुले विद्यालय व्यवस्थापन समीती चयन नहुने समय सम्मका लागि वडा अध्यक्षलाई नै विव्यास अध्यक्षको जिम्मा लगाएका हुन ।

ताजा

Related Articles