29.1 C
Kathmandu
Saturday, July 27, 2024

महाशिला आधारभुत अस्पतालमा जेनेरेटर जडान,विद्युत नहुँदा सेवा प्रवाहमा सहज हुने

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं ५ मा रहेको महाशिला आधारभुत अस्पतालमा २० केभिए क्षमताको जेनेरेटर जडान गरिएको छ । महाशिला गाउँपालिकाको आर्थिक सहयोगमा ७ लाख बराबरको जेनेरेटर जडान गरिएको हो ।

जेनेरेटर जडानसंगै अस्पतालको नियमित सञ्चालनमा सहज हुने महाशिला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरबहादुर बराल बताउँनुभयो । बरालले विद्युत आपूर्ति अनियमित हुँदा उपचारमा बाधा पुगिरहेको बताउँदै जेनेरेटर जडान गरी सञ्चालनमा आएसँगै अस्पतालबाट चौबीसै घण्टा सेवा प्रवाह गर्न सहज हुने बताउँनुभयो ।

अब अस्पतालमा चौविसै घण्टा एक्सरे, ल्याव, अक्सिजन सेवा, सुत्केरी सेवा लगायतका आकस्मिक सेवा सहज तवरले सञ्चालन हुने बरालले जानकारी दिनुभयो ।

यसअघि विद्युतको अनियमितताले सुत्केरी गराउन, एक्सरे गर्न तथा आकस्मिक सेवा प्रवाहमा बाधा पुगिरहेको थियो ।

ताजा

Related Articles