27.1 C
Kathmandu
Saturday, July 27, 2024

अन्तरजातीय बिहेको निहुँमा घरमा आगो लगाउनेलाई कारबाहीको माग गर्दै पर्वतका दलित संगठनहरुद्वारा ज्ञापनपत्र!

पर्वत-जूम्लामा अन्तरजातीय विवाहपछि घरमा आगजनी भएको विषयमा पर्वतका दलित संगठले दोषीलाई कडा कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझएका छन् । पर्वतमा क्रियाशिल दलित संगठनहरुले पर्वतक्स प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिको कार्यालयलाई आज ज्ञापनपत्र वुझाएका हुन ।
ज्ञापन पत्रामा जुम्ला जिल्लाको तातोपानि गाउपालिका ४ वस्ने मुकुन्द नेपाली र स्थानिय बसन्ती गिरिको प्रेम विहाको विषयमा केटी पक्षका आफन्तले मुकुन्द नेपालीको घर जलाइएको विषयमा गम्भिर ध्यानाकर्षण भएको बताइएको छ ।
दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा केटीका दाइले यहीँ असार १७ गते मुकुन्दको घर नै जलाइदिएका थिए । आगलागी गर्नेलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरेको छ भने उनले आगलागी गरेको स्वीकार गरेका छन् ।

नेपालको संविधान २०७२को प्रस्तावना तथा धारा १८ समनताको हक, धारा २४ को जातिय छुवाछुत विरुद्धको हक र जातिय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ को धज्जी उडाउदै चल अचल सम्पतिको नष्ट गर्ने गरि गरिएको गम्भिर अपराध गरेको प्रती घोर निन्दा र भत्र्सना गर्दै कडा कारवाहीको माग गरिएको छ ।

ज्ञापन पत्रमा नेपालको संविधान र कानुन विपरित गरेको कार्यको घोर निन्दा र भत्र्सना गर्दै अनुसन्धन गरि सत्य तथ्य छानविन गर्न माग गरिएको छ ।साथैे हिम्मत गिरिले संविधान तथा कानुन हातमा लिई जातिय विभेद तथा अपराध गर्ने निन्दनिय कार्य गरेको भन्दै कडा भन्दा कडा कारवाहीका लागि माग गरिएको छ ।
ज्ञापन पत्रमा दलित समुदायको उत्त वस्तीमा शान्ति सुरक्षा कायम गर्न र बेपत्ता रहेका मुकुन्द नेपाली र वसन्ती गिरीको खोजी गरि उचित क्षतीपुर्ती उपलब्ध गराई निर्धक्क साथ बस्न सक्ने वातवरण गराउन समेत माग गरिएको छ ।
ज्ञापन पत्रमा पर्वतमा कृयाशिल दलित संजाल कुश्मा ,नेपाल उत्पिडित जातिय मुक्ती समाज , नेपाल दलित संघ , नेपाल दलित मुक्ती मोर्चा , लागाएत संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको हस्ताक्षर रहेको छ ।

ताजा

Related Articles