एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

133

काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेका छ । बोर्डले आज बिहीवार पत्रकार सम्मेलन गरेर नजिता सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजाअनुसार २२ हजार चार सय जनाले तीन दशमलव ६० देखि चार ‘जीपीए’ ल्याएका छन् । यस्तै ५५ हजार ६९ जना विद्यार्थीले तीन दशमलव २० देखि तीन दशमलव ६० जीपीए ल्याएका छन् । ७२ हजार तीन सय जनाले दुई दशमलव ८० देखि तीन दशमलव ६०, ८९ हजार तीन सय जनाले दुई दशमलव ४० देखि दुई दशमलव ८० जीपीए ल्याएका छन् । सबैभन्दा धेरै एक लाख दुई हजार जना विद्यार्थीले दुईदेखि दुई दशमलव ४० जीपीए ल्याएका छन् । एसईईको नतिजा ‘लेटर ग्रेडिङ’ पद्धति २०७२ अनुसार नतिजा प्रकाशित भएको छ । एसईई परीक्षामा सहभागी परीक्षार्थीमध्ये चार सय ३१ जनाको परीक्षा रद्द भएको बोर्डले जनाएको छ ।

एसईईको नतिजा १६ सय नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार जान्न सकिन्छ । त्यस्तै www.see.gov.np मा गएर नतिजा हेर्ने व्यवस्था मिलाइएको छ । गएको चैत १७ गतेदेखि भएको परीक्षामा चार लाख ८५ हजार तीन सय ९६ जना विद्यार्थी सहभागी थिए ।

विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ‘ए प्लस’, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम ल्याउनेलाई ‘बी प्लस’ ग्रेड प्रदान गरिन्छ । त्यस्तै ६० देखि ७० भन्दा कम ल्याउनेलाई ‘बी’, ५० देखि ६० भन्दा कम ल्याउनेलाई ‘सी प्लस’, ४० देखि ५० भन्दा कम ल्याउनेलाई ‘सी’, ३० देखि ४० भन्दा कम ल्याउनेलाई ‘डी प्लस’, २० देखि ३० ल्याउनेलाई ‘डी’ र २० भन्दा कम ल्याउनेलाई ‘ई’ ग्रेड प्रदान गरिन्छ ।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । एसएमएसका लागि १६००, ३१००३, ३४९४९,  ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.khaltif.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, ww.results.matraeducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here