27.1 C
Kathmandu
Sunday, July 14, 2024

बागलुङमा कुकुर दर्ता अभियान,कुकुरलाई निशुल्क खोप र औषधि वितरण

बागलुङ-छाडा छाडिएका कुकुर तथा घरपालुवा कुकुरबाट हुने जोखिम कम गर्न बागलुङ नगरपालिकाले दर्ता तथा निशुल्क खोप र औषधि वितरण सुरु गरेको छ ।

हरेक घरपालुवा कुकुरको दर्ता गर्ने र नगरपालिकाले निशुल्क उपचार र मृत्यु भएमा शव व्यवस्थापनको काम समेत गर्नेछ । नगरपालिकाको पशुसेवा शाखाले बानपा ३ का भिमसेन शाक्यको कुकुर दर्ता गरेर अभियान थालेको हो । साथै कुकुरलाई चाहिने खोप र औषधि तथा पहिचानकालागि घाँटीमा लगाउने पेटी समेत दिइएको छ ।

सडकका कुकुरलाई पनि खोप लगाएर चिन्ह लगाइएको छ । सामुदायिक कुकुर भएमा निलो र घरपालुवा भएमा रातो पेटी लगाएर खोप लगाएको तथा औषधि सेवन गराएको पहिचान बनाइएको पशुसेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले बताए । रेबिज लगायतका संक्रामक रोगबाट कुकुरलाई बचाउने, कुकुरले टोक्दा मानिसमा पनि रोग सर्ने भएकोले आम नागरिकको समेत सुरक्षाका लागि यो अभियान थालिएको उनले जानकारी दिए ।

नगरपालिकाले छाडा कुकुर व्यवस्थापनका लागि होस्टेल समेत संचालन गर्ने भएको छ । त्यसकालागि नीति तथा कार्यक्रम र बजेटसमेत व्यवस्थापन भैसकेको छ । उचित जग्गा र घर व्यवस्था गरेपछि नगरपालिकाले होस्टेल संचालन गर्नेछ । छाडा कुकुरलाई खोप लगाएर होस्टेलमा राखिनेछ । कसैले पाल्न चाहेमा नगरको अनुमतिले लैजान सक्नेछन् । घरघरमा पालिका कुकुरलाईपनि सूचिकत गरेपछि मृत्यु भएमा समेत नगरमा जानकारी गराइने छ । जानकारी आएपछि नगरपालिकाले लगत कट्टा गर्ने व्यवस्था गरेको छ ।

ताजा

Related Articles