28.1 C
Kathmandu
Tuesday, July 16, 2024

पर्वतको फलामखानीमा चट्याङ लागेर २ जना घाइते, एउटा बाख्रा मर्‍यो!

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं. ६, फलामखानीमा चट्याङ लागेर २ जना घाइते भएका छन् । गएराती परेको चट्याङ लागेर फलामखानीका करिब ५० बर्षिय उमादेवी सुनार र उहाँको छोरी ३० बर्षिय रेखा सुनार घाइते हुनुभएको हो । घाइतेहरुको खुट्टा र कानमा सामान्य चोट लागेको वडा अध्यक्ष गोविन्द बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

बाख्राको खोरमा चट्याङ परेको र चट्याङले लागेर उमादेवी सुनारले पालेको एउटा माउ बाख्रा मरेको उहाँले बताउनुभयो । फलामखानीको पात्ला र ढडेनका ७ घरमा चट्याङका कारण बिद्धुतको मिटरबक्समा पुर्ण क्षति पुगेको र अन्य केही घरका बिद्धुतमा पनि आंशिक क्षति पुगेको छ । आज बिहान घटना स्थल पुगेर अनुगमन गरिको बताउदै घाइतेहरुको अवस्था सामान्य रहेको र घाइतेहरुले प्राथमिक उपचार गरेको उहाँले बताउनुभयो । चट्याङले बाख्रा मरेपछि कृषकलाई क्षति पुगेको बताउदै पीडितलाई पालिकाको विपद व्यवस्थापन समितिमा सहयोगका लागि पहल गर्ने वडा अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

चट्याङ लागेर बाख्रा मरेपछि कृषकलाई क्षति पुगेको छ, भने दर्जनौं घर र बिद्धुत मिटरबक्समा क्षति पुगेपछि स्थानीय दुखी भएका छन् ।स्थानीय सरकार तथा सम्बन्धित सरोकारवालासँग सहयोगको अपेक्षा गरिएको पीडितले बताएका छन् । घटनास्थल पुगेर मुचुल्का उठाउने काम भैरहेको प्रहरी चौकी भंगराले जनाएको छ ।

ताजा

Related Articles