29.1 C
Kathmandu
Sunday, July 14, 2024

जन्मदिनको अवसरमा वृद्धवृद्धालाई फलफुल वितरण

पर्वत- जन्मदिनको अवसरमा मोदिवेणी दिव्य धामका वृद्धबृद्दाहरुलाई फलफुल वितरण गरिएको छ । आफ्नो श्रीमती ममता बिल गोतामेको जन्मदिनको उपलक्ष्यमा पत्रकार दिपेश बि. पोख्रेलले फलफुल वितरण गर्नुभएको हो । जन्मदिनमा हुने फजुल खर्च कटाएर दिव्य धामका बृद्धबृदाहरुलाई विभिन्न फलफुल वितरण गरिएको पोख्रेलले बताउनुभयो । थोरै भएपनि सामाजिक कार्यमा सरिक हुनुपर्ने बताउदै आश्रममा रहेका वृद्ध आमाबुबालाई फलफुल वितरण गरिएको उहाँले बताउनुभयो ।तडकभडक र फुजुल खर्च गरि जन्मदिन मनाउने परिपाटी बढिरहेका बेला फरक तरिकाले जन्मदिन मनाउने भन्दै आफ्नो जिवनसंगिनिको अनुरोधमा फलफुल वितरण गरेको पोख्रेलले बताउनुभयो । ममता अहिले अध्ययनको सिलसिलामा जापानमा हुनुहुन्छ ।

ताजा

Related Articles