29.1 C
Kathmandu
Saturday, July 27, 2024

एनआरएन युके आइसिसी सदस्यमा चन्द्र गुरुङ निर्वाचित

२४ जुलाई लन्डन-एनआरएनए यूकेको जूलाई २२ मा सम्पन्न निर्वाचनमा आइसीसी सदस्यमा ले. चन्द्र वहादुर गूरुङ विजयहुनु भएको छ । चार भञ्ज्याङ तमु समाजका पूर्व अध्यक्ष एबम चार भञ्ज्याङ तमु समाज आई सि सि का वर्तमान अध्यक्ष समेत रहेका गुरुङ लोकप्रीय मतका साथ विजयीहरुनुभएको हो ।
सन १९६१ मा पर्वत जिल्लाको फलेवास ८ खाल्टे ज्यामिस्वारामा जन्मनु भएका चन्द्र गूरुङले फलेवासको भवानी विद्यापीठमा अध्ययन गर्नुभएको थियो । सन १९८० मे २ तारिख बेलायती सेनामा भर्ती भई अनरेरी लेप्टिनेण्ट पदवीका साथ २३ वर्ष जागिरबाट सन २००२ मा निवृत्त हुनुभएको थियो ।
उहाले पेन्सन पश्चात सामाजिक कार्यकर्ताको रुपमा नेपालको दुर्गम गाउ र गरिबका लागि सहयोग गर्दै आउनु भएको छ, उहाँकै भिजन मा चार भञ्ज्याङ् छेत्र बिकास योजना स्थापना गरि विकास परियोजनामार्फत नेपालमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र प्राकृतिक संरक्षणका कार्यक्रम संचालन हुदै आएका छन् । ।
सामाजिक सेवाका लागि उहाँले सन २०१० मा लण्डन म्याराथनमा सहभागी हुदै स्वीफेन च्यारिटेवल ट्रष्टका लागि सहयोग संकलन गर्नुभयो । जुन कोषबाट विश्वभरका विकाशोन्मुख देशहरुमा टेलिमेडिसिन सम्पर्कबाट निशुल्क स्वास्थ्य परामर्श सेवा प्रदान हुदै आएको छ ।

। उहाको पहलमा पर्वत जिल्लाको फलेवास ८ मा २०६९ सालमा चार भञ्ज्याङ्ग स्वास्थ्य केन्द्र (टेलिमेडिसिन) स्थापना गरि संचालनमा रहेको छ । प्रविधिको प्रयोग गर्दै वेलायतमा रहेको स्वीन्फन च्यारिटियवल ट्रष्ट संस्था संग सम्पर्क समन्वय गरि विशेषज्ञ डाक्टरहरु द्धारा अनलाईन मार्फत प्रत्यक्ष उपचार गराउने गरेको छ । स्वस्थ्य संस्थावाट हाल सम्म २६ हजार विरामीहरुले प्रतक्ष सेवा पाएका छन ।
गैर आवसयि नेपालीहरुको अन्तराष्ट्रिय संचालनमा गोर्खाहको प्रभावकारी प्रतिनिधित्व सुनिश्चि गर्ने एजेन्टा लिएर विजय भएका गूरुङले आफ्नो जित संगै आफुले सारेका एजेन्टमा प्रतिवद्ध भएर लाग्ने वताउनु भएको छ ।
ले.चन्द्र वहादुर गूरुङ एनआरएनए आइसीसी सदस्यमा विजयहुनु भएकोमा वधाई दिदै उहाको विजयले सिंगो चार भञ्ज्याङ तमु समाज मा खुसीयाली छाएको चार भञ्ज्याङ तमु समाज यूकेका अध्यक्ष वेन कुमार गुरुङले वताउनुभयो ।

ताजा

Related Articles