पर्वतमा सम्बन्ध बिच्छेद गर्नेको संख्या घट्यो

152

पर्वत पर्वत जिल्लामा सम्बन्ध विच्छेद गराउने दम्पत्तिको संख्या घटेको छ । जिल्ला अदालतले दिएको तथ्यांक अनुसार गत बर्षको तुलनामा पर्वतमा २० प्रतिशत कम दम्पत्तिले सम्बन्ध विच्छेदका मुद्धा दर्ता गराएका छन् ।

गत आर्थिक २०७९∕८० मा १ सय ६० बिवाहीत जोडिले सम्वन्ध विच्छेदका लागि मुद्धा दर्ता गराएको जिल्ला अदालतले जनाएको छ । १ सय ३७ वटा मुद्धा फछ्र्यौैट भैसेकेका छन् भने २३ वटा बाँकी रहेका छन् ।

पर्वत जिल्लामा आर्थिक वर्ष ०७९/८० मा मात्रै १६० बिवाहित जोडीले सम्वन्ध विच्छेदका लागि मुद्धा दर्ता गराएका हुन् । यो अघिल्लो वर्षको तुलनामा झण्डै २० प्रतिशतले कमी हो ।

घिल्लो आर्थिक २०७८/ ७९ मा १८२ जनाले जनाले सम्वन्ध बिच्छेदका लागि मुद्धा दर्ता गराएका थिए । ति मध्ये १५० वटा मुद्धा फछ्र्यौट भएका थिए ।

कतिपयले मुद्धा दर्ता गरिसकेपछि पनि पारिबारीक मेलमिलाप भएपछि फिर्ता लिने गरेको समेत पाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here