29.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वत अस्पतालको सेवा सुविधामा सुधार, रोकिएको अप्रेसन सेवा सुचारु

पर्वत-पर्वत अस्पतालमा सेवा सुविधा विस्तार भएसंगै जनविश्वास समेत बढ्न थालेको छ । अस्पतालमा अनुभवी चिकित्सकहरु मार्फत गुणस्तरीय सेवा दिन थालिएको छ भने आधुनिकि भवनमा अत्याधुनिक उपकरण मार्फत उपचार सेवा दिन थालिएको हो । यसले गर्दा अस्पतालमा सेवाग्राहीको विश्वास बढेको अस्पताल व्यवस्थापन समितिले दाबी गरेको छ । पर्वत अस्पतालमा पछिल्लो केही समय रोकिएको अप्रेसन  सेवा पनि हाल सुचारु भएको छ । नेपाल सरकारले प्रदान गर्ने औषधीहरुको उपलब्धता, स्वास्थ्य बीमाको सहज पहुँच, चिकित्सा सेवा प्रभावकारी बनाउँदै लगेको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो। आँफु अध्यक्ष भएर आएसंगै अस्पतालका विभिन्न व्यतिथी र समस्याहरुलाई नियन्त्रण गरि चुस्त दुरुस्त रुपमा अस्पतालको सेवालाई २४ सै घण्टा प्रदान गरिएको गिरीले बताउनुभयो । व्यवस्थापकिय पक्षलाई सेवा मुखी र गुणस्तरीय बनाउन आँफु निरन्तर लागिपरेको गिरीको भनाई रहेको छ । अस्पतालले सामान्यतया अस्पतालले दिने सेवा भन्दा फरक सेवाहरु वालरोग विशेषज्ञ सेवा,पोषण पुर्नस्थापना गृह सञ्चालन,हेमोडायलासिस सेवा,सामाजिक सेवा इकाई,एकद्धार संकट व्यवस्थापन केन्द्र, नव शिशु उपचार केन्द्र, खोप,परिवार नियोजन जस्ता सेवाहरु प्रदान गरिएको गिरीले वताए । पर्वत अस्पतालको निर्माणधिन भवनको ए, बि र सी व्लक निर्माण सम्पन्न भई सेवा सञ्चालनमा रहेको साथै डि र ई व्लक पनि छिट्टै सम्पन्न हुने अवस्थामा रहेको,अस्पतालमा इविलिङ स्टिम जडान गरी कारोवार लाई निष्पक्ष एवं सहज वनाईएको,पुरानो भवन लाई मर्मत गरी ५ वेडको पोषण पुर्नस्थापना गृहलाई १० वेडमा सञ्चालन गरिएको, अटो जेनेरेटर जडान गरी अस्पतालमा २४ सै घण्टा विधुतको व्यवस्था मिलाईएको, अस्पतालमा विरामीहरु टिकट लिन लाईनमा वस्नुपर्ने समस्या लाई मध्यनजर गर्दै टोकन सिस्टम लागु गरिएको,ओपिडी अगाडी प्रतिक्षालमा टिभि जडान गरिएको,नयाँ प्रोरोटेवल डि आर एक्सरे मेशिन जडान भई सेवा सुचारु गरिएको र ३ वेडमा सञ्चालित इर्मजेन्सी सेवा लाई विस्तार गरी ८ वेडमा सञ्चालन गरिएको गिरीले जानकारी दिनुभएको छ ।
गिरीका अनुसार २०४६ साल देखी अस्पतालबाट निस्कने फोहोरमैला जलाउने गरेकोमा वातावरणिय प्रदुषणलाई मध्यनजर गर्दै फोहोर वर्गिकरण गरेर उचित व्यवस्थापन गरिएको छ । यस्तै गर्भवती महिलाहरुका लागि छुट्टै गृह स्थापना, मृगौला पीडित विरामीहरुका लागि डायलेसिस सेवा ४ वेड रहेकोमा १० वेड वनाउने उहाँले बताउनुभयो । अस्पतालका भौतिक संरचनामा सुधार गर्दै अस्पताल परिसरमा विभिन्न किसिमका फलफूलका विरुवा समेत रोपण गरिएको छ । पछिल्लो समय अस्पतालमा विशेष गरी भाईरल ज्वरो र टाईडफाईडका विरामीहरु आउने गरेको अस्पतालका सुचना अधिकारी लक्ष्मण उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायका अनुसार अस्पतालमा दैनिक २ सयको हाराहारीमा विरामीहरु आउने गरेका छन् । पर्वतको मोदी ३ देउपुरकी सुनिता पौडेलले अस्पताल वाट राम्रो सेवा सुविधा प्राप्त गरेको बताउनुभयो । त्यस्तै कुस्मा नगरपालिका १ पाङकी गर्वजाँच गराउन आएकी विमला सुनारले पनि पर्वत अस्पतालकै सेवा सुविधा राम्रो भएकोले यहीँ अस्पतालमा नियमित गर्भजाँच गराउन आईरहेको बताउनुभयो । विगतमा रिफर अस्पतालको रुपमा परिचित पर्वत अस्पतालमा अहिले रिफरका विरामीहको संङ्ख्या ह्वात्तै घटेको छ । पर्वत, वाग्लुङ, म्याग्दी र मुस्ताङका विरामीहरुले अस्पतालमा उपचार गर्न आउने गरेका छन् ।

ताजा

Related Articles