पर्वतका रोगी बालकलाई अमेरिकाबाट १ लाख २६ हजार सहयोग प्राप्त

144

पर्वत-पर्वतको कुश्मा नगरपालिका १ पाङका एक बालकलाई अमेरिकाबाट उपचार खर्च प्राप्त भएको छ ।  कुश्मा नगरपालिका २ खुर्कोट घर भई हाल अमेरिकामा रहेका राजेन्द्र वास्तोलाको पहलमा १ लाख २६ हजार १ सय ४ रुपैँया संकलन गरि अभिभावकलाई हस्तान्तरण गरिएको हो । पाङका सरोजप्रकाश सुबेदी र विष्णु सुबेदीका छोरा २९ महिने बालक प्रसान्त सुबेदीलाई एआरपिसी वान वि डिफिसेन्सी नामक विश्वकै दुर्लभ रोगको संक्रमण रहेको छ । त्यसैले उनको उपचारमा थोरै भएपनि राहात होस भनेर बास्तोलाको पहलमा संकलन भएको रकम वितरण गरिएको हो । ती बालक लाई जन्मेको २४ महिना भएपछि यो रोगको लक्षण देखिएको हो । रोगको पहिचान र अहिलेसम्मको उपचारमा झण्डै २० लाख खर्च भएको र पूर्ण उपचारमा करिव एक करोड रुपैयाँ खर्च हुने डाक्टरले बताएका छन् । रोगबाट संक्रमित बालक प्रसान्तका बुवा सरोज प्रकाश सुबेदीले आफ्नो आर्थिक अवस्था कमजोर रहेको र एक पटक उपचार गर्न अस्पताल लैजाँदा ७० हजार रुपैयाँ खर्च हुने भएकाले सहयोगको अपिल गर्नुभएको थियो । सामाजिक सन्जालमा सुबेदीको अपिल देखेर अमेरिकामा रहेका राजेन्द्र लगायतले सहयोग गर्नुभएको हो । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र कुश्मा नगरपालिका २ खुर्कोटका वडाध्यक्ष लालकृष्ण शर्मा बास्तोलाले प्राप्त सहयोग वितरण गर्नुभयो । सहयोग हस्तान्तरण गर्दै नगरप्रमुख जोशीले प्रवासमा रहेर पनि गाउँमा परेको आपत्तीमा सहयोग गर्ने सबै दातालाई धन्यबाद दिनुभयो । कुश्मा नगरपालिकाको तर्फबाट पनि आवश्यक सहयोग गर्ने र सहयोगका लागि अन्य दाताहरु संग पहल गर्ने जोशीले प्रतिबद्धता जनाउनुभयो । २९ महिने बालक प्रसान्तको प्रत्येक तीन महिनामा एण्टिबडि परिवर्तन गर्नुपर्ने अवस्था छ । उनको रोग पहिचान गरेका डाक्टर धर्मागत भट्टराईले नेपालमा यो रोगको उपचार संम्भव नभएको सुझाव दिएपनि उनको अहिले भारतमा उपचार भैरहेको छ । न्यून आर्थिक अवस्था भएका कारण सुबेदी परिवारले सबैसंग सहयोगको अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here