28.1 C
Kathmandu
Tuesday, July 16, 2024

काठमाडौंमा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु

काठमाडौं -काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु भएको छ।

शनिबार राति करिब ८ बजेतिर पहिरोले घर पुर्दा ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरीको मृत्यु भएको प्रहरी वृत्त बालाजुले जनाएको छ ।

सो घटनामा परी गणेशकी श्रीमती सञ्जु तामाङ भने घाइते भएकी छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।उक्त घटनामा छोरा भने सकुशल रहेको बताइएको छ ।

ताजा

Related Articles