23.1 C
Kathmandu
Saturday, July 27, 2024

आँखा पाक्ने रोगका कारण पोखराका विद्यालयमा भोलीदेखि ३ दिन विदा

पोखरा-पोखरा महानगरपालिका भित्र सञ्चालित विद्यालयहरु तिनदिनका लागि वन्द हुने भएका छन् । पोखरा महानगरपालिकका विभिन्न ठाँउमा आँखा पाक्ने रोगले मानिसहरुलाई आक्रान्त पारिरहेको र उक्त रोगको प्रभाव बिभिन्न विद्यालयहरुमा पनि परिरहेको, विद्यार्थीहरु विद्यालय आउने संख्या पनि घट्टै गएकाले सरुवा रोगको रपमा रहेको यो रोग सजिलै एक ब्यक्तिवाट अर्को ब्यक्तिमा सर्ने भएकाले यो रोगको संक्रमणको चक्रलाई रोक्नको लागि विद्यालहरुमा ३ दिन विदा दिने निर्णय गरिएको पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकारी वद्रिनाथ सुवेदीद्धारा जारी सूचनामा जनाईएको छ । पोखरा महानगरपालिका अन्तर्गतका सामुदायीक, संस्थागत र मन्टेश्वरीहरुलार्ई श्रावण २४ गते देखि २६ गते सम्म ३ दिन वन्द गर्न परिपत्र समेत पठाईसकिएको सूचनामा जनाईएको छ । बिद्यालयहरुमा दिईएको विदा हिउदे । वर्षे। स्थानिय विदावाट मिलान गर्न निर्देशन समेत दिईएको छ ।
यस अधि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा सोमवार वसेको सरोकारवालाहरुको वैठकले बुधवार देखि शुक्रवार सम्म ३ दिन विद्यालय वन्द गर्ने निर्णय गरेको थियो । शुक्रवार देखि वुधवार सम्म विदा दिने र शनिवार सार्वजनिक विदा भएकाले ४ दिनमा आँखा पाक्ने रोग संक्रमणको चक्र तोडिने आशा लिईएको छ । बिद्यार्थीहरुलाई विद्यालय वन्द भएको समयमा सुरक्षीत तरिकाले घरमै वस्न र अभिभावकहरुलाई यो रोगवाट वच्न सूचना मुलक सन्देश प्रवाह गर्न समेत महानगरपालिकाले अनुरोध गरेको छ ।

ताजा

Related Articles