बागलुङ–बागलुङको जैमिनी नगरपालिका २ दमेक स्थित सुन्तलाचौर माध्यमिक विद्यालयमा बालमैत्री स्थानीय शासन कार्यान्वयन सम्बन्धी विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरु तथा शिक्षकहरुका लागि उक्त अभीमुखिकरण बिहिबार सम्पन्न भएको हो । अभीमुखिकरण कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद सापकोटाले गर्नुभएको थियो । अभिमुखिकरण कार्यक्रमको सहजीकरण गर्दै उहाँले बालमैत्री शासनको परिचय गराउनुका साथै यसको आवश्यकता र बालमैत्री शासनको ५१ वटा सूचकहरुको बारेमा प्रष्ट पार्नुभएको विद्यालयका शिक्षक खगराज सापकोटाले जानकारी दिनुभयो । साथै उहाँले बालमैत्री शासन स्थापित गर्न जिम्मेवार व्यक्तिहरु र सँस्थाहरु कुन कुन हुन भन्ने कुरा समेत स्पष्ट पार्दै विद्यालयले बालमैत्री शासन निर्माणमा लिने भावी योजनाको बारेमा समेत जानाकारी गराउनु भएको थियो ।