लक्ष्मण बिसि,पर्वत-आइ.एम. ई.लाईफ इन्स्योरेन्स कम्पनी लि. कुश्मा शाखामा गत आ.ब. २०७९/०८० मा विभिन्न विधामा उत्कृष्ट भएका ऐजेन्सी मेनेजर तथा अभिकर्ताहरुलाई अवार्ड वितरण गरिएको छ । कम्पनीको छैठौं वार्षिकोत्सबको अवसरमा सनिबार कुश्मा शाखामा विशेष कार्यक्रमको आयोजना गरि अवार्ड वितरणसँगै सम्मान गरिएको हो । आफ्नो व्यक्तिगत कोडमा उत्कृष्ट बिमा गर्नेतर्फ डिल बहादुर बिक प्रथम, जंग बहादुर मगर दिर्तिय र इन्दिरा कुमारी लामिछाने पौडेलले तृतीय अवार्ड प्राप्त गर्नुभएको छ । त्यस्तै टिम बिजनेसमा डिल बहादुर बिक प्रथम, जंग बहादुर मगर दिर्तिय र संगिता शर्माले तृतीय आवड प्राप्त गर्नुभएको छ ।
उत्कृष्ट पोलिसीतर्फ डिल बहादुर बिकले अवार्ड प्राप्त गर्नुभयो भने धेरै अभिकर्ता बनाउनेमा सबिता रेग्मी र संगिता शर्माले अवार्ड प्राप्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि आइ.एम. ई.लाईफ इन्स्योरेन्स गण्डकी प्रदेशका प्रमुख कर्मराज पौडेलले सुरक्षीत भविष्य, बचत तथा जोखिम बहनका लागि जीवन बिमा अत्यन्त आवश्यक भएको बताउदै सबैले बिमा अनिवार्य गर्नुपर्ने बताउनुभयो ।
दिनको ६ हजार भएपनि बिमा गरेर देशकै उत्कृष्ट अभिकर्ता बन्न शाखाका एजेन्सी मेनेजर तथा अभिकर्ताहरुलाई आग्रह गर्नुभयो । बिमा सम्बन्धि अन्योल हटाउन गाउँ गाउँमा जीवन बिमा सचेतना कार्यक्रम संचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उत्कृष्ट हुने सबैलाई बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै आइ.एम. ई.लाईफ इन्स्योरेन्स धौलागिरी एरिया प्रमुख कृष्ण पौडेलले बिमा क्षेत्रमा काम गर्नु सेवा र धर्म भएको उल्लेख गर्दै यस क्षेत्रमा नाम,दाम र सम्मान रहेको बताउनुभयो । विभिन्न रोग तथा जोखिम बहन गर्न र उपयुक्त बचत गर्नका लागि बिमाले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै सबैलाई बिमा गर्न अनुरोध गर्नुभयो । बिमा गर्ने व्यक्तिलाई बिमाको बारेमा राम्रोसँग बुझाएर बिमा गराउन पहल गर्नुपर्ने पौडेलले बताउनुभयो । अवार्ड जित्ने सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो व्यवसायलाई थप मजबुत गराउन अनुरोध गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै आई.एम.ई. लाइफ इन्स्योरेन्स कुश्मा शाखाका प्रमुख युवराज सिग्देलले उत्कृष्ट हुने सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो व्यवसाय प्रवर्द्धन र आर्थिक समृद्धिको लागि सक्रियतासाथ लाग्न एजेन्सी मेनेजर तथा अभिकर्ताहरुलाई आग्रह गर्नुभयो । नेपालमा बिमाको बारेमा सुनेका तर नबुझेकाहरुलाई बुझाएर बिमा कम्पनीको व्यवसाय प्रवर्द्धन गर्नका लागि आफुले भरपुर प्रयत्न गर्ने सिग्देलले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा एजेन्सी मेनेजरहरु डिल बहादुर बिक, जंग बहादुर मगर, मिना थापा र डिल्लीराम रेग्मीले आफ्नो अनुभव आदनप्रदान गर्नुभएको थियो ।
कुश्मा शाखा प्रमुख युवराज सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा अप्रेसन इन्चार्ज सन्जु गौतमको स्वागत मन्तव्य र कार्यक्रमको संचालन एजेन्सी मेनेजर लक्ष्मण विश्वकर्माले गर्नुभएको थियो ।