29.1 C
Kathmandu
Saturday, July 27, 2024

माओवादी केन्द्र पर्वतले पार्टिको ३ महिने अभियानलाई शसक्त वनाउने

 निर्मल पौडेल पर्वत-नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र पर्वत जिल्ला समन्वय समिती पर्वतको पुर्ण वैठक सम्पन्न भएको छ । शुक्रवार पार्टि कार्यलय लभ्लीडाँडामा सम्पन्न वैठकले पार्टि केन्द्रको निर्यण अनुसार ३ महिने जनता संग माओवादी कार्यक्रम लाई सफल वनाउन पार्टिका सवै संग संगठन एक भएर लाग्ने निर्णय गरेको छ । वैठक लाई संवोधन गर्दै माओवादी केन्द्रका वरिष्ठ केन्दीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी हरी अधिकारीले अवको ३ महिना पार्टिका लागि सवै कमरेडहरुले समय दिनुपर्ने वताउनुभयो । जसको नीति उसकै नेतृत्व हुनुपर्नेमा जोड दिँदै उहाँले माओवादीकै नीति र नेतृत्वमा मात्र मुलुकमा विकास र समृद्धि हुने कुरामा जोड दिनुभयो । कार्यक्रममा पर्वतमा नयाँ इन्चार्ज भएर भर्खर मात्र आउनुभएका माओवादी केन्द्रका केन्द्रीय सदस्य वलावती शर्माले जिल्लामा पार्टि लाई २०६४ को अवस्थामा फर्काउने वाचा गर्नुभयो । शर्माले घरघरमा माओवादी जनजन र मन मनमा माओवादी हुनुपर्ने वताउनुभयो । कार्यक्रममा जिल्ला संयोजक मनरुपा शर्मा विमलाले द्धन्द्धकालमा होस या वर्तमान समयमा होस जनताको सुख दुखमा माओवादीले साथ र सहयोग गर्ने गरेको भन्दै माओवादीको नीति र नेतृत्वले देशमा संविधान,लोकतन्त्र,गणतन्त्र धर्म निरपेक्षता स्थापना भएको वताउनुभयो । शर्माले आँफु संयोजक भएर आएसंगै जिल्लामा पार्टि र माओवादी आन्दोलन लाई शसक्त वनाएर अगाडी वढ्ने प्रतिवद्धता जायर गर्नुभयो । वैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्त वहादुर हमाल ठकुरी,केशव कुवँर सिर्जनशिल, सुदिप कुँवर, गगन थापा प्रदिप ,माओवादी केन्द्र गण्डकी प्रदेश उपाध्यक्ष गुणाखर वस्याल, ज्ञाम नाथ गैरे, प्रदेश कमिटी सदस्य,उमाकान्त भुर्तेल, लोकराज आचार्य गंगा तिमिल्सिना,हरी पौडेल,चन्द्रकला शर्मा, प्रेम राना, मेघलाल विक, पर्वत उद्दोग वाणिज्य महासंघ पर्वतका अध्यक्ष गोपी अधिकारी,वरिष्ठ अधिवक्ता जगदिश शर्मा पौडेल, माओवादी केन्द्र कुस्मा नगरपालिका पार्टि अध्यक्ष शंकर गिरी, फलेवास नगरपालिकाका पार्टि अध्यक्ष शोभाकुमारी क्षेत्री,जलजला गाउँपालिका पार्टि अध्यक्ष दिपक आचार्य ,जिल्ला समन्वय समितीका उपप्रमुख तथा माओवादी केन्द्र जलजला गाउँपालिका सचिव सोम जिसी, विहादी गाउँपालिका पार्टि अध्यक्ष ऋषिराम भुषाल,पैयुँ गाउँपालिकाका पार्टि अध्यक्ष रेशमलाल सापकोटा, वाईसियल नेपालका केन्द्रीय सदस्य वलराम नेपाली, मोदी गाउँपालिका पार्टि अध्यक्ष कृष्ण पौडेल, पे्रस सेन्टर पर्वतका अध्यक्ष निर्मल पौडेल लगायत,वाईसियल जिल्ला अध्यक्ष रुपक भट्ट, अखिल क्रान्तिकारी पर्वतका अध्यक्ष साजन परियार, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका पदाधिकारी, महिला संघ, दलित मुक्ति मोर्चा र पार्टिका अन्य भातृ संगठनका कमरेडहरुको उपस्थिती रहेको थियो । माओवादी केन्द्र पर्वतका संयोजक मनरुपा शर्मा विमलाको अध्यक्षता तथा सञ्चालनमा वैठक सम्पन्न भएको थियो ।

ताजा

Related Articles