“घरघरमा माओवादी,जनजनमा माओवादी” अभियान लिएर पर्वतका नेताहरु वडा वडामा

41

निर्मल पौडेल, पर्वत-नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रको ३ महिने अभियानलाई सशक्त बनाउन पर्वतका माओवादी नेताहरू वडा वडामा पुगेका छन् । घर घरमा माओवादी जनजनमा माओवादी लिखित ब्यानर सहित पार्टीमा जागरण ल्याउने उद्देश्य अनुरुप तल्लो तह सम्म पुगेका हुन। पार्टीले तोकेको जिम्मेवारी अनुरुप नेताहरु जिल्लाका सातै पालिकाहरुमा अभियान लाई तिब्र रुपमा अगाडी बढाइएको केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज वलावती शर्माले जानकारी दिइन। भदौ ८ गते बसेको जिल्ला समन्वय समितिको बैठकले नेताहरु लाई आफ्नो आफ्नो क्षेत्र तोकेर जिम्मेवारी प्रदान गरेको छ। कुस्मा नगरपालिकामा पार्टीका नगर अध्यक्ष शंकर गिरी,सचिव भिम नेपाली लगायतले बैठक र कार्यक्रम लाई तीब्र बनाइएको भिम नेपालीले जानकारी दिएका छन। फलेवास नगरपालिमा नगर बैठक सम्पन्न गरेर लिमिठाना र कुर्घामा कार्यक्रम सम्पन्न गरिएको छ। फलेवासमा भएको कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज केन्द्रीय सदस्य वलावती शर्मा, फलेवास नगर इन्चार्ज तथा गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे, प्रदेश कमिटी सदस्य तारा रिजाल,गङ्गा तिमिल्सिना,नगर अध्यक्ष शोभाकुमारी क्षेत्री लगायतको उपस्थिती रहेको फलेवास नगर कमिटी सचिव ढाकाराम सापकोटाले जानकारी दिएका छन। यस्तै महाशिला गाउँपालिकामा बालाकोट बाट अभियान सुरुवात गरिएको र पुराना नेता कार्यकर्ता सङ्ग भेटघाट गरिएको प्रदेश कमिटी सदस्य उमाकान्त भुर्तेलले बालाकोट बाट जानकारी दिएका छन। बिहादी गाउँपालिकाका सवै वडाहरुमा बैठक सम्पन्न गरिएको बिहादी गाउँपालिकाका संयोजक ऋषिराम भुसालले जानकारी दिएका छन। जलजला गाउँपालिकामा केन्द्रीय सदस्य वलावती शर्मा,बखान सिंह गुरुङ्ग,जिल्ला संयोजक मनरुपा सुबेदी बिमला,प्रदेश सदस्य लोकराज आचार्य सौगात ,लीला दवाडी ,चन्द्रा शर्मा,दुर्गा क्षेत्री, पालिका अध्यक्ष दिपक आचार्य र सचिव सोम जिसी लगायतले अभियान लाई तिब्र बनाएर सवै वडाहरुमा कार्यक्रम सन्चालन गरिएको प्रदेश कमिटी सदस्य लोकराज आचार्यले जानकारी दिएका छन् । यस्तै मोदी गाउँपालिकामा वार्ड नम्बर १ भुकमा र ५ बाजुङ्ग लगायत अन्य वडाहरुमा पनि बैठक सम्पन्न गरिएको मोदी गाउँपालिका इन्चार्ज मधु अधिकारीले जानकारी दिएकी छन। उता पैयूँका पनि वडा वडामा बैठक र कार्यक्रम सम्पन्न गरिएको पालिका अध्यक्ष रेशमलाल सापकोटाले जानकारी दिएका छन।
पार्टी जागरण अभियानमा लागेका नेताहरूले अवको ३ महिना पार्टिका लागि सवै नेता कार्यकर्ताले समय दिनुपर्ने बताएका छन । जसको नीति उसकै नेतृत्व हुनुपर्नेमा नेताहरुल्व जोड दिएका छन। माओवादीकै नीति र नेतृत्वमा मात्र मुलुकमा विकास र समृद्धि हुने भन्दै पर्वतमा नयाँ इन्चार्ज भएर भर्खर मात्र आएकी माओवादी केन्द्रकी केन्द्रीय सदस्य वलावती शर्माले जिल्लामा पार्टि लाई २०६४ को अवस्थामा फर्काउने वाचा गरेकी छन् । फलेवासको नगर कमिटी बैठक लाई सम्बोधन गर्दै शर्माले घरघरमा माओवादी जनजन र मन मनमा माओवादी हुनुपर्ने वताइन । यस्तै मोदीको बाजुङ्गमा भएको कार्यक्रममा जिल्ला संयोजक मनरुपा शर्मा विमलाले द्धन्द्धकालमा होस या वर्तमान समयमा होस जनताको सुख दुखमा माओवादीले साथ र सहयोग गर्ने गरेको भन्दै माओवादीको नीति र नेतृत्वले देशमा संविधान,लोकतन्त्र,गणतन्त्र धर्म निरपेक्षता स्थापना भएको जिकिर गरिन् । शर्माले आँफु संयोजक भएर आएसंगै जिल्लामा पार्टि र माओवादी आन्दोलन लाई शसक्त वनाएर अगाडी वढ्ने प्रतिवद्धता जायर गरेकी छन।
माओवादी केन्द्र पर्वत जिल्ला समन्वय समिती पर्वतको पार्टि कार्यलय लभ्लीडाँडामा सम्पन्न वैठकले पार्टि केन्द्रको निर्यण अनुसार ३ महिने जनता संग माओवादी कार्यक्रम लाई सफल वनाउन पार्टिका सवै संग संगठन एक भएर लाग्ने निर्णय गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here