12.1 C
Kathmandu
Sunday, February 8, 2026

जनयुद्धका महान सहिद हेमबहादुर पासाङको १९ औं स्मृति सभा सम्पन्न

निर्मल पौडेल ,पर्वत
तत्कालीन नेकपा माओवादीले गरेको जनयुद्धका महान सहिद हेम बहादुर गुरुङ्ग पासाङ को १९ औं स्मृति सभा सम्पन्न भएको छ। पर्वतको बिहादी गाउँपालिका वडा नम्बर १ बाच्छाको दुर्लाङ्ग स्थित सहिद पार्कमा बुधबार स्मृति सभा सम्पन्न भएको हो । २०६१ सालमा फलेवासमा भएको पार्टीको मिटिङ सकेर बाच्छा तिर फर्कने क्रममा फलेवास नगरपालिका ११ पाङराङमा राज्यसत्ता बाट घोर यातना सहित पासाङले मृत्युवरण गरेका थिए। उनै महान सहिद पासाङको स्मृतिमा निर्माण गरिएको सहिद स्मृति पार्कमा सभा सम्पन्न भएको हो । महान सहिद पासाङको सालिक निर्माण भैनसकेकोले तस्वीरमा माल्यार्पण गरिनुका साथै मौन धारण गरि सम्झना गरिएको थियो। स्मृति सभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पर्वत जिल्ला इन्चार्ज वलाबती शर्माले पासाङ प्रती हार्दिक श्रद्धासुमन व्यक्त गर्दै सहिदले देखेका सपनाहरू अझै पूरा हुन नसकेकोमा दुख व्यक्त गरिन । उनले भनिन् “पर्वतको कम्युनिस्ट आन्दोलन र जनयुद्धमा महान सहिद गुरुङको योगदान अतुलनीय छ,उहाँ लाई हामीले कहिल्यै बिर्सन सक्दैनौ, उहाँका सपना पूरा गर्न सवै लाग्नुपर्छ।”
यस्तै जिल्ला संयोजक मनरुपा सुवेदी बिमलाले सहिद कुनै पार्टी,कुनै जनसमुदाय र परिवारको नभइ रास्ट्रका हुने भन्दै रास्ट्रका लागि बलिदान दिने महान सहिद पासाङ प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गरिन। सुवेदीले देशमा समाजवादी राज्यव्यवस्था स्थापना नभए सम्म गुरुङका सपनाहरु पूरा नहुने बताइन। यस्तै उनले पासाङ लगायत जनआन्दोलनमा सहादत भएका महान सहिदहरुको बलिदानी बाट देशमा गणतन्त्र स्थापना भएको र अहिलेको व्यवस्था आएको जिकिर गरिन्।

सहिद पुत्र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य त्रिदेव गुरुङ्गले स्व:वुबाप्रती श्रद्धासुमन व्यक्त गर्दै बुवाले देखाउनुभएको बाटोमा सदैव लाग्ने प्रतिवद्वता जाएर गरे।यस्तै गुरुङले सहिद स्मृति पार्कमा सालिक निर्माण र पार्क लाई व्यवस्थित बनाउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण समेत गराएका थिए।

कार्यक्रममा सहिद हेम गुरुङ्ग पत्नी डिल कुमारी गुरुङ, प्रदेश सदस्य सन्त बहादुर गुरुङ्ग,प्रेम राना, हरि शर्मा पौडेल, बिहादी गा.पा. अध्यक्ष ऋषि भुसाल, कार्य पालिका सदस्य माया नेपाली, वडा सदस्य टीका बि.क., झपर के.सि. त्यस्तै नेकपा एमाले १ नम्बर वडा कमिटी अध्यक्ष तेजेन्द्र खड्का, नेपाली काँङ्रेसका नेता सेबक आचार्य,जनकल्याण मा.बि का व्यवस्थापन समिती अध्यक्ष भिम बहादुर खड्का, प्राधानध्यापक टङ्क बहादुर खड्का, नेकपा समाजबादीका नेता भैरव खत्री, लिलाधर आचार्य लगायतको उपस्थिति रहेको थियो ।

नेकपा माओवादी केन्द्र वडा नम्बर १ बच्छाका अध्यक्ष बैकुण्ठ के.सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन
माओवादी केन्द्रका वडा सचिव राजकुमार बि.क. ले गरेका थिए।

ताजा

Related Articles