समाजसेवी शर्माको पहलमा संकलित १ लाख ३४ हजार ७ सय सहयोग रकम शारीरिक अपाङ्ग बुढाथोकीलाई हस्तान्तरण

319

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङका शारीरिक रूपमा अपाङ्ग तथा अशक्त तारा बहादुर बुढाथोकीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।
भोक्सिङ घर भइ हाल चितवन बस्ने समाजसेवी तथा रास्वपा महाशिलाका शिक्षा तथा स्वास्थ विभाग प्रमुख शिव शर्माको पहलमा संकलित १ लाख ३४ हजार ७ सय रुपैयाँ बुधबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो ।
स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, आमा समुह, स्थानीय समाजसेवी,बुद्धिजीवी, प्रहरी र पत्रकारको रोहवरमा वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि उक्त रकम तारा बहादुरलाई हस्तान्तरण गरिएको रकम संकलन अभियान्त शिव शर्माले जानकारी दिनुभयो ।
नेपालको विभिन्न ठाउँमा घर भइ हाल अमेरिकाको टेक्सास डालसमा रहेका सहयोगी महानुभावहरुबाट प्राप्त सहयोग रकम सम्बन्धित व्यक्तिलाई बुझाएको उहाँले बताउनुभयो । अमेरिकाबाट राजन सोनीबाट ५ सय डलर, प्रकाश सापकोटा ५१ डलर, बिजय भुसाल ५१ डलर, दिपक थापा ५१ डलर, सहकुल खत्री ५१ डलर, तेजेन्द्र थापा ५१ डलर, गोविन्द गौतम ५१ डलर, जिवा बुढा ५१ डलर, रमेश थापा ५१ डलर ,गायत्री सापकोटा ५१ डलर  गरि नेपाली ३० हजार ३१ रुपैयाँ र आफ्नो तर्फबाट ४ हजार ७ सय ७८ थप गरेर जम्मा १ लाख ३४ हजार ७ सय रुपैयाँ सहयोग हस्तान्तरण गरिएको शर्माले बताउनुभयो । आफ्नो अनुरोधमा अमेरिकामा रहनुभएका प्रकाश सापकोटाले रकम संकलन गर्न विशेष पहल गर्नुभएको उहाँले बताउनुभयो । मानवीय सेवा नै धर्म भएको बताउदै आफ्नो अभियानमा साथ दिएर सहयोग गर्नुहुने सबै सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । स्कुल पढ्दाको बालपनदेखिको साथी तारा बहादुरको दयानिय, नाजुक र अशक्त अवस्था देखेर आफुले सहयोगको अभियान संचालन गरेर सहयोग जुटाएको शर्माको भनाइ छ । बि.स.२०७४ सालसम्म आफुले अपाङ्ग भत्ता पाएको भएतापनि स्थानीय सरकार संचालन भएपछि अपाङ्ग भत्ता कटौती भएको, नपाएको ताराबहादुर बुढाथोकीले दुखेसो गर्नुभयो ।
शारीरिक अपाङ्ग तथा अशक्त ताराबहादुरलाई भत्ताको व्यवस्था गरिदिन सम्बन्धि सरोकारवालालाई समाजसेवी शिव शर्माले अनुरोध गर्नुभएको छ ।
बुढाथोकी अहिले आफ्नो बहिनी बिष्णु रानाले हेरबिचार र संरक्षण गर्दै आइरहनुभएको छ ।
सहयोग रकम पाएपछि बुढाथोकीले खुसी व्यक्त गर्दै सहयोगी अभियन्ता शिव शर्मा र सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै बुढाथोकीका भिनाजु चित्र बहादुर राना र बहिनी बिष्णु रानाले दाइको अवस्था बुझेर सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो । सामाजिक सेवामा क्रियाशिल शिव शर्माले अपाङ्ग व्यक्तिलाई सहयोग जुटाएको भन्दै कार्यक्रममा उपस्थित सबैले प्रशंसा गरेका थिए । शर्माले सामाजिक बेथितिका बिषयमा समेत खबरदारी गर्दै आइरहनुभएको छ ।
जेष्ठ नागरिक सुबाखर पाध्या लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महाशिला गाउँपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति बिरेन्द्र मल्ल ठकुरीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here