फलामखानीमा नवनिर्मित विश्वकर्मा मन्दिरको उद्घाटन !

143

पर्वत-पर्वतको महाशिला गाउँपालिका-६,फलामखानीमा नवनिर्मित विश्वकर्मा मन्दिरको उद्घाटन तथा विश्वकर्मा भगवानको मुर्ति स्थापना कार्यक्रम सम्पन्न भएको छ । विश्वकर्मा पुजाका दिन बाजागाजा र भजनकृतनसँगै मन्दिरको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बिकले धार्मिक आस्थामा आबद्ध हुनले सत्कर्ममा प्रेरणित अर्ने बताउनुभयो । मन्दिर व्यवस्थापनलाई जोड दिदै मन्दिर सबै जातजातिका लागि साझा बनाउनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालले पालिकाको समग्र विकास र समृद्धिका लागि जोड दिएको बताउनुभयो । फलामखानीको विकासका लागि आवस्यकता अनुसारका कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो । कार्यक्रममा महाशिला गाउँपालिकका उपाध्यक्ष धनसुवा बिक,महाशिला-१, होश्राङदीका वडा अध्यक्ष तिल बहादुर मल्ल, नेकपा एमाले महाशिलाका उपाध्यक्ष एक बहादुर हमाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । लगायतको उपस्तिथि रहेको थियोे । ५ लाखको लागतमा मन्दिर निर्माण सम्पन्न भएको बताइएको छ । विश्वकर्मा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मन बहादुर सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फलामखानीका वडा अध्यक्ष गोविन्द बहादुर बिकको स्वागत मन्तव्य र कार्यक्रमको संचालन साक्षी मिडियाद्वारा संचालित नयन न्युज डटकमका प्रबन्ध निर्देशक पत्रकार लक्ष्मण विश्वकर्माले संचालन गर्नुभएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here