पर्वत- पर्वतको कुश्मामा बिश्वकर्मा पुजा तथा नव आगन्तुक डिएसपी खुमलाल भुसाललाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्वत सुनचाँदी व्यवसायी संघको आयोजनामा उक्त कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी खुमलाल भुषालले नेपाल सरकारका सवै कार्यालय ग्रमिण क्षेत्रमा नपुग्दा पनि प्रहरी दुरजराज सम्म पुगेर अपराध नियन्त्रण तथा शान्ति शुरक्षा प्रदान गरेको बताउनुभयो । शान्ति शुरक्ष कार्य गर्न संघ र व्यवसायी को सहयोग आवस्यकता रहेको भुसालले बताउनुभयो ।
प्रहरी जनताको सुरक्षा दिने पहिलो संगठन भएकाले हरेक गतिविधिमा प्रहरी जनतासँगै भएको उहाँको भनाइ छ ।
जिल्लामा अन्य ठुला अपराधका घटना नभएको र केहि घरेलु हिंसा र आत्महत्याका घटना रहेकाले यसको न्यूनीकरणमा जोड दिने भुसालले बताउनुभयो । अपराध नियन्त्रणका लागि विभिन्न ठाउँमा बिग्रीएका सिसिटिभि सबैको सहयोगमा मर्मत गर्ने र थप सिसिटिभी राख्न आफुले पहल र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कानुनको परिपलना गर्दा व्यवहारिक पक्षलाई पनि ध्यान दिने बताउदै जुनसुकै वेला जनताको सुरक्षामा लाग्ने बताउनुभयो । कार्यक्रममा बोल्दै पर्वत सुनचाँदी व्यवसायी संघका अध्यक्ष ठाकुर वि• पौडेलले संघका गतिविध जानकारी तथा डिएसपीलाई स्वागत गर्दै आर्थिक मन्दिका कारण व्यवसाय संटमा रहेको बताउनुभयो । अव्यवहारीक नीतिनियम व्यवसायी लाई हर्ने दृष्टिकोण गलत रहेकाले व्यवसायीहरुले दुख पाउने गरेको बताउनुभयो । कानुन कार्यान्वयन गर्दा व्यवहारिक पंक्षलाई हेर्न डिएसपी भुसाललाई आग्रह गर्नुभयो ।
शान्ति सुरक्षा कार्य गर्न र प्रहरी कार्यालयका रचनात्मक कार्यमा संघले सहयोग गर्ने पौडेलले बताउनुभयो ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष निर्मल विश्वकर्मा, सल्लाहकार जित वहादुर सुनार, कुनपा-१० का पुर्व वडाअध्यक्ष सुजन सनार लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पर्वत सुनचाँदी व्यवसायी संघका अध्यक्ष ठाकुर बि. पौडेलको अध्यक्षता उपाध्यक्ष बिनोद वि• पोख्रेल धन्यवाद मन्तव्य र कार्यक्रमको संचालन सचिव कुल बहादुर सुनारले गर्नुभएको थियो ।