मोती सामुदायिक पुस्तकालयको १२ औं साधारणसभा तथा अधिवेशन सम्पन्न

168

पर्वत-“पुस्तौं पुस्ताका लागि पुस्तकालय” भन्ने नारासहित पर्वतको फलेवास नगरपालिका-५, खानीगाउँ स्थित जिल्लाकै पुरानो मोती सामुदायिक पुस्तकालयको १२ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । पुस्तकालयको सभाहलमा एक भव्य कार्यक्रमको आयोजना गरि सनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनबाट तेस्रो कार्यकालको लागि कृष्णराज पौडेल पुनः संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । उपाध्यक्षमा इन्दिरा तिवारी, कोषाध्यक्ष हरिप्रसाद शर्मा पोख्रेल,सचिव ईन्द्रप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा नारायणप्रसाद लामिछाने, गोविन्दप्रसाद सापकोटा, लकास सुवेदी, नेत्र बराल, सिताराम लामिछाने, हेमशर्मा तिवारी, पूर्णप्रसाद सापकोटा, ल्याम बहादुर दर्जी र दिना शर्मा चयन हुनुभएको छ ।पुस्तकालयको संरक्षकमा पुस्तकालयका संस्थापक तथा समाजसेवी भोलानाथ शर्मा रहनुभएको छ । सल्लाहकार समिति सदस्यहरुमा आत्मराम पौडेल, ध्रुव लम्साल, अर्जुनब हादुर क्षेत्री, दुर्गा सुवेदी लम्साल र दुर्गा शर्मा पोख्रेल चयन हुनुभएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सविधानसभा सदस्य विकास लम्सालले पुस्तकालय ज्ञानको भण्डार भएकाले सबैले पुस्तक पढ्न पुस्तकालय आउनुपर्ने बताउनुभयो । पुस्तकालयको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै पुस्तकालयका संरक्षक, शैक्षिक अभियन्ता तथा सामाजिक व्यक्तित्व भोलानाथ शर्माले पुस्तक अध्ययनले ज्ञान र चेतनाको स्तर वृद्धि गरेर सफल व्यक्ति बन्न प्रेरित गर्ने बताउदै जुनसुकै उमेरका व्यक्तिहरु पुस्तकालय आएर पुस्तक अध्ययन गर्नुपर्ने बताउनुभयो । अध्ययनका लागि पुस्तकालयमा सबै बिधाका पुस्तक उपलब्ध भएको उहाँले बताउनुभयो । आफ्नो गाउँठाउँमा भएको पुस्तकालयको भरपुर उपयोग र सदुपयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभएको । पुस्तक पढ्ने बानीले व्यक्तिलाई सकारात्मक चिन्तन,बौद्धिक, लगनशील र उर्जाशिल बनाउने बताउदै पठन संस्कृतिको विकासमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै उद्यमशिलता विकास प्रशिक्षक तथा शैक्षिक अभियन्ता शान्ता दाहालले पुस्तकालयमा पुस्तक पढ्ने व्यक्ति अब्बल र सक्षम हुने बताउदै अध्ययनशिल व्यक्ति नै असल नेतृत्वकर्ता हुने बताउनुभयो । पुस्तकालयको उन्नयन तथा  व्यवस्थापनका लागि प्रत्येक दिन १ रुपैयाँ सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो ।
सोही अवसरमा कार्यक्रममा उपस्थित ३० जना भन्दा बढीले दिनको एक रुपैयाँका दरले १ बर्षको सहयोग रकम पुस्तकालयलाई प्रदान गर्नुभएको छ ।
कार्यक्रममा बोक्दै नवनिर्वाचित अध्यक्ष कृष्णराज पौडेलले आफ्नो कार्यकालमा सबैको सहयोग र सहकार्यमा पुस्तकालयको उन्नयनका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।अध्यक्षमा निर्वाचित गराएकोमा पुस्तकालयका सस्थापक अध्यक्ष तथा सदस्य,सल्लाहकार समिति ,सम्पूर्ण संरक्षक सदस्य ,आजीवन सदस्य ,साधारण सदस्यलगायत कार्यक्रममा उपस्थित प्रमुख अतिथि ,विशिस्ट अतिथि ,अतिथि एवम् सम्पूर्णलाई पौडेलले धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा समाजसेवी नारायण प्रसाद शर्मा, दुर्गादत्त लम्साल, जगन्नाथ लम्साल, सुवोध पोख्रेल, गोमा कुमारी लम्साल, सकुन्तला शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा बोल्ने वक्ताहरुले ज्ञानको विस्तार र पठन संस्कृतिको विकासका लागि ग्रामीण भेगमा पुस्तकालय स्थापना गरि असल कर्म गरेको भन्दै मोती सामुदायिक पुस्तकालयका संस्थापक भोलानाथ शर्माको प्रसंशा गर्नुभएको थियोे ।उक्त अवसरमा पुस्तकालयलाई योगदान पुर्‍याउनुहुने स्वर्गीय यज्ञ प्रसाद लम्साललाई मरणोपरान्त सम्मान गरिएको छ । त्यस्तै पुस्तकालयलाई योगदान पुर्‍याउनुहुने समाजसेवीहरु दुर्गादत्त लम्साल ,जगन्नाथप्रसाद लम्साल र सुबोध पोखरेललाई सम्मान गरिएको छ ।
कार्यक्रममा लाइब्रेरीयन इन्द्र प्रसाद सापकोटाले पुस्तकालयको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष हरि शर्मा पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।वि.सं २०१६ सालमा स्थापित जिल्लाकै पुरानो उक्त पुस्तकालयले विभिन्न शैक्षिक तथा सामाजिक गतिविधिहरु संचालन गर्दै आइरहेको छ ।
पुस्तकालय संचालन समितिका अध्यक्ष कृष्णराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नवनिर्वाचित उपाध्यक्ष इन्दिरा तिवारीले गर्नुभएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here