नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी पर्वतको आठौं पुर्ण बैठक सम्पन्न

148

पर्वत-नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी पर्वतको आठौं पुर्ण बैठक मंगलबार कुश्मामा सम्पन्न भएको छ ।
बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका इन्चार्ज तुलबहादुर गुरुङले समाजवादको यात्रामा पार्टीमा आबद्ध सबैलाई अविचलित लागि परेर गलत प्रवृत्तिको विरुद्ध अगाडि बढ्नुपर्ने बताउनुभयो ।
पार्टीका गतिविधि जनतासामु पुर्‍याउन र जनताका समस्य बुझेर जनताका आशा अपेक्षा अनुसार काम गर्ने उद्देश्यले पार्टीले समाजवादी जागरण अभियान-२०८० संचालन गरि समाज रुपान्तरणलाई जोड दिएको गुरुङले बताउनुभयो ।नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष श्रीनाथ बरालले कम्युनिस्ट आन्दोलनको रक्षा गर्दै देशको विकास र समृद्धिको लागि पार्टी सक्रिय रहेको बताउनुभयो ।नेपालको राजनीतिमा नेकपा एकीकृत समाजवादी समय परिस्थिति अनुसार देश विकासमा लाग्ने सशक्त पार्टी भएको उहाँले बताउनुभयो । पार्टीका गण्डकी प्रदेश सचिव प्रतापलाल श्रेष्ठले तल्लो तहसम्म पुगेर जनताको दुखसुखमा साथ दिदै पार्टीलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । पार्टीले संचालन गर्न लागेको समाजवादी जागरण अभियानलाई सफल पार्न सक्रियताका साथ पार्टी गतिविधिमा लाग्न अनुरोध गर्नुभयो । प्रदेश कमिटी सदस्य उमाकान्त सुवेदीले समय परिस्थिति अनुसार पार्टीले जनजिविकाको पक्षमा काम गर्न जोड दिनुपर्ने बताउनुभयो ।
नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटी सदस्य तथा पर्वत जिल्ला इन्चार्ज मोती प्रसाद पौडेलले विभिन्न चुनौतीका बाबजुद पनि पार्टी संगठन बिस्तार गर्दै जनमुखि कार्यमा जोड दिएको बताउनुभयो ।पार्टीलाई सशक्त र चलायमान गराउन सक्रिय रहदै आ-आफ्नो भुमिका निर्वाह गर्न सबै जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गर्नुभयो । नेकपा एकीकृत समाजवादी केन्द्रिय सदस्य बैकुण्ठ भुसालले अहिलेको राजनीतिक घटनाक्रममा पार्टी सहि बाटोमा सकारात्मक कार्यमा अग्रसर भएको बताउनुभयो । पार्टी अब जनताको मन जित्नका लागि जनमुखि कार्यमा लाग्दै पार्टीलाई बलियो बनाउन सबैले पहल गर्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेश कमिटी सदस्य उमाकान्त सुवेदीले समय परिस्थिति अनुसार पार्टीले जनजिविकाको पक्षमा काम गर्न जोड दिनुपर्ने बताउनुभयो ।
जिल्ला कमिटी अध्यक्ष ठाकुर शर्मा पौडेलले नीति, बिधि र सिद्धान्तमा अडिग भएर जनमुखी कार्य गर्न पार्टी क्रियाशिल भएको बताउदै सबै नेता कार्यकर्ता आफ्नो ठाउँको विकासमा जोड दिने कार्य गर्न आग्रह गर्नुभयो । जिल्लाको पालिका तथा वडा स्तरमा गठित कमिटीको अद्यावधिक र कमिटी गठन नभएका ठाउँमा कमिटी निर्माण गरि पार्टीलाई सशक्त गराउन जोड दिएको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादी पर्वतका सचिव बिराज हमालले पार्टीले देश र जनताको हितमा निस्वार्थ कार्य गरेको बताउदै सबै कार्यकर्तालाई अविचलित पार्टीका कार्यमा लाग्न आग्रह गर्नुभयो । सच्चा र इमानदार नेता कार्यकर्ता क्रमशः एकीकृत समाजवादीमा समाहित भएको उहाँले बताउनुभयो । बैठकमा निष्क्रिय जिल्ला कमिटी सदस्यलाई कमिटीबाट निष्कासन र सकृय नेताहरुलाई जिल्ला कमिटीमा मनोनयन गर्ने तथा पार्टीको समग्र गतिविधि र भावी योजनाको विषयमा छलफल तथा निर्णय भएको छ ।
पार्टी अध्यक्ष ठाकुर शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको बैठकको संचालन पार्टी सचिव विराज हमालले गर्नुभएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here