खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आठबिसकोट-१४ ले जित्यो

411

रुकुम पश्चिम-रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडानम्बर -८, दाजेमा आयोजित भलिबल प्रतियोगितामा आठबिसकोट नगरपालिका-१४, ले उपाधि जितेको छ । २४ औं भाद्र पूर्णिमा मेलाको अवसरमा आयोजित खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा आठबिसकोट १४ ले उपाधि जितेको हो । उपाधिका लागि फाइनल खेलमा आठबिसकोट १४ ले आठबिसकोट ८ लाई ३-१ सेटमा पराजित गरेको बताइएको छ । उपाधि विजेता टिमले ५० हजार नगद पुरस्कार सहित मेडल, कप र प्रमाणपत्र प्राप्त गरेका छन् । क्याप्टेन धर्मराज मल्लको नेतृत्वमा गएको टिमले उपाधि हात पारेको हो ।  बुधवार सम्पन्न भलिबल प्रतियोगितामा विभिन्न वडाका १५ टिमले सहभागिता जनाएका थिए । दाजे गाउँमा हरेक वर्षको भाद्र पूर्णिमा मेलाको अवसर पारेर विविध खेलकुदका गतिविधि सहितको कार्यक्रम संचालन हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here