14.1 C
Kathmandu
Sunday, February 8, 2026

मृगौलापीडित राजकुमारीलाई बुहारी ग्रुपद्वारा आर्थिक सहयोग हस्तान्तरण ।

पर्वत- विभिन्न समस्यामा पर्दै आएका रोगी, महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको बुहारी ग्रुप अफ नेपालले आफ्नै एक जना सदस्यको उपचारको लागि आर्थिक सहयोग गरेको छ ।
बुहारी ग्रुप अफ नेपालकै सदस्य रहेकी पर्वतको कुश्मा नगरपालिका–१ पाङ घर भई मिर्गौलाको समस्याका कारण उपचाररत २६ वर्षीया राजकुमारी सार्कीलाई नगद २५ हजार रुपैयाँ सहयोग गरिएको हो । मिर्गौलाको उपचारको लागि हाल पर्वत अस्पतालमा रहेकी उनको उपचारमा आर्थिक समस्या भएपछि सार्की आफै र उनको परिवारले आर्थिक सहयोगका लागि अनुरोध गरेको थियो ।
देशदेखि विदेशमा रहेकाहरुलाई समेत सहयोग गर्दै आइरहेको समूहले आफ्नै सदस्य बिरामी परेपछि सामाजिक सञ्चालन फेसबुकमार्फत सहयोगका लागि सबैसँग अनुरोध गरि संकलित सहयोग रकम पीडितलाई हस्तान्तरण गरिएको बुहारी ग्रुपकि मोडरेटर पुजा कार्की शर्माले जानकारी दिनुभयो । सामाजिक संजालमा सहयोग अपिल गरि संकलन भएको ६ हजार ८ सय रुपैयाँ र सदस्य दिदीबहिनीहरुबाट कोषका लागि सङ्कलन भएकोबाट थप गरि २५ हजार रुपैयाँ सहयोग गरिएको शर्माले जानकारी बताउनुभयो । बुहारी ग्रुपले दुख र समस्यामा परेका विभिन्न रोगी तथा अशक्तहरुलाई सहयोग गर्दै आइरहेको र यो सहयोगसँगै हालसम्म विभिन्न समस्याबाट पीडित २२ जनालाई ७ लाख भन्दा बढी सहयोग गरिसकेको उहाँको भनाइ छ । उक्त रकम ग्रुपकी सस्थापक अध्यक्ष लक्ष्मी तिवारी सहित मोडेरेटरहरु पुजा कार्की शर्मा, गिता घिमिरे, शैलजा तीवारी, रिया आर्चाय, सरीष्मा तिमिल्सीना, विनु अधिकारी लगायतको पहलमा सङ्कलन भएको हो ।
करिब १४ महिनादेखि मिर्गौलाका समस्या भोगिरहेकी सार्कीको घरको आर्थिक अवस्था निकै कमजोर रहेकोले उपचारमा समस्या भइरहेको छ । उहाँका श्रीमान कुश्मा नगरपालिका–७ खरेहामा रहेको एक अटो वर्क सपमा काम गर्दै आइरहनु भएको छ । तर उहाँको आम्दानीले पनि उपचारमा नधान्ने भएपछि बिभिन्न संघ संस्था व्यक्तिहरुले आर्थिक सहयोगका लागि अनुरोध गरिरहेका छन् । एक छोरीकी आमा समेत रहेकी राजकुमारीका २ वटै मिर्गौला फेल भएका छ्न र उहाँले नियमित डायलाइसिस गरिरहनुभएको छ । आफ्नो उपचारमा आर्थिक सहयोग गरि ज्यान बचाइदिन पीडितले सबैसँग सहयोगको अपिल गर्नुभएको छ ।

ताजा

Related Articles