28.1 C
Kathmandu
Tuesday, July 16, 2024

समृद्ध देशका लागि युवा स्वरोजगार, सम्भावना र चुनौती

पर्वत- समाज विकासको मेरुदण्ड भनेको को नै युवा हुन । सामाजिक परिभाषामा १८ देखि ४० सम्मका मानव नै युवा हुन् । समृद्ध भनेको कुनै समाजमा हुने सङ्ख्यात्मक र गुणात्मक विकास को | युवा उमेर मात्र होइन युवा शक्ति ,सङ्घर्स र देशको बलिदान हो। राष्ट्र निर्माणका असल मित्र भनेका युवा नै हो। हामी जस्ता उर्जावान युवाहरु नेतालाई गाली गर्दै देश बनेन र समृदि हुन सकेन भनेर उच्च शिक्षा रोजगार व्यवसायका लागि, खल्तिमा पासपोर्ट बोकेर विदेश लाग्नु गलत छ। समृद्ध देश र समृद्ध गण्डकी प्रदेश बनाउन तथा युवा स्वरोजगारका लागि कृषिलाई आधुनिकरण गर्नु पर्छ । नेपाली जनतालाई प्रमुख पेसा कृषिले भरपर्दो र समृद्ध आर्थिक सम्पन्नता दिन सकेको छैन । नेपालमा ५०% जनताले गरिबीको जीवन बिताईरहेका छन् । तिनीहरूको पेसागत कृषिमै रहेको छ। एकातिर जडीबुटी बनस्पति बारे पहिचान र ज्ञानको अभावका कारण हामो सम्पन्नताको आधार उपेक्षित भइरहेको छ भने अर्कातिर लाखौ जनताको जीवन रोग, भोक र अशिक्षा मै बितिरहेको छ । युवा स्वरोजगार बढाउन सर्वप्रथम त युवाहरुलाई विभिन्न तालिमहरु सन्चालन गरेर कषि आधुनिककरण गर्न सकिन्छ । कृषिलाई विकास गर्न का थुप्रै चुनौतीहरु रहेका छन् । दक्षजनशक्ति अभावका कारण कृषि क्षेत्रका सम्भावना लुकिरहेका छन् । नेपाल प्राकृतिक स्रोतका हिसाबले धनी देशका रूपमा विश्वमा चित्रित छ । हामी युवाहरु ती स्रोत को दिर्घकालीन योजना बनाएर हामी युवा स्वरोजगार अभियानलाई सहयोग गर्न सकिन्छ । यहाँ भु-बनोटका किसाबले ६० मिटर देखि ८८४८.८६ मिटर सम्मको उचाई भएको भबनोट छ भने २८ वटा हिमश्रृंखला पूर्व देखि पश्चिमसम्म फैलिएर रहेका छन् । यो ५,१६० प्रकारका फुल तथा १८५ जातका माछा पाइन्छ । यहाँको हावापानी फरक फरक छ । प्रत्येक १० किलोमिटरको अन्तरमा फरक फरक हावापानी छ। यहाँ ११८ पारिस्थितिक प्रणाली पाईन्छ । यी स्रोतहरुको उचित प्रयोग गरेर समृध गण्डकी प्रदेश बनाउन सकिन्छ । पर्यटन क्षेत्र भनेको रु १ खर्च गरेर रु ६० सम्म आम्दानी गर्न सकिने सम्भावना भएको क्षेत्र हो । ३ जना पर्यटक नेपाल आउँदा १ जनालाई रोजगारी सिर्जना हुने अध्यनले देखाएको छ । यसले नेपालमा बेरोजगारी समस्यालाई केही हदसम्म समाधान गर्न सघाउँदै आएको छ।पर्यटन क्षेत्रको विकास गर्न थुप्रै चुनौतीहरु छन् । हामिसग रामो होटेल र आवाजको व्यवस्था छैन जसले गर्दा पर्यटनलाई नकरात्मक प्रभाव परेको छ । नागरिक समाजका विभिन्न तहमा, निजी क्षेत्रमा राजनीतिक पार्टीको नेतृत्वमा युवाको उपस्थिति अत्यन्तै न्यून छ। निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सीमित छ । त्यसैले युवाका पक्षमा कमै निर्णय हुने गरेको पाइन्छ, जसलेगर्दा समृद्ध नेपाल र सूखी नेपालीको परिकल्पना गर्न कठिन हुन्छ।समृदध प्रदेश लागि विभिन्न कार्य योजना बनाएर अघि बढ्न आवश्यक छ । समृद्ध प्रदेस बनाउनका लागि सर्वप्रथम प्रदेश, स्थानीय तह अनुसारको पोफाइल तयार गर्नु पर्छ । पोफाइल तयार गरे पछि यस ठाउँका सम्भावनाहरुको पहिचान गर्न सकिन्छ। त्यसैगरी समृदध प्रदेश बनाउन हामि सबै युवाहरु पर्यटन नीति २०६५ प्रतिष्थापन गरी नयाँ पर्यटन नीति जारी गर्नु पर्छ ।पर्यटन नीति प्रतिष्थापन गरे पछि हामि छोटो समयमा हजारौ पर्यटककरुलाई नेपाल स्वागत गर्न सकिन्छ । जसले गर्दा युवाहरुलाई रोजगारी सिर्जना गर्न सकिन्छ । समृदध प्रदेश का लागि हामी भूकम्पबाट क्षति ग्रस्त संरचना र सम्पदाहरुको पुन निर्माण गर्नुपर्छ, त्यसैगरी राष्ट्रिय गौरवका आयोजना समय मै निर्माण सम्पन्न गर्न आवश्यक छ ।हामिले पुर्बधार लगानी तथा वातावरणीय दीगोपनमा जोड दिन आवश्यक छ । सरकारसंग सहकार्य गरेर पदयात्रा तथा पर्वतारोहणका क्रममा आइपर्ने जोखिम व्यवस्थापन गर्नु पर्ने छ । व्यवसायिक,दक्ष, जनशक्तिको विकास गर्नु पर्छ ।
समृद्ध प्रदेश तथा युवा स्वरोजगार निम्न कुराहरुबाट सम्भव हुने गर्दछ:
१:आफ्नो कलालाई विश्वव्यापीकरण गर्ने,
२:सेवा सुविधामा गुणात्मक विकास गर्ने,
३:सम्भावना र अवसरलाई आय आर्जनमा रूपान्तरण गर्ने,
४:शान्ति र सुरक्षाको अवस्था सुधार गर्दै जाने,
५:परम्परागत मौलिक संस्कृतिहरुको संरक्षण र प्रवर्धन गर्ने,
६:प्राविधिक शिक्षाको गुणस्तर वृद्धि गर्ने,
७: उद्योग बन्दाको विकास गर्ने,
८:कृषि उत्पादनमा जोड दिने,
९:विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने,
१०:शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान गर्ने प्रावधानलाई व्यवहारिक तथा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, ११:स्थानीय सरकारले युवा लक्षित कार्यक्रमहरु सन्चालन गर्ने,
१२:युवाको नेतृत्व तथा क्षमता विकास गर्ने,
१३:युवालाई स्वयमसेवक रुपमा परिचालन गर्ने ,
१४:ठूलो पुँजीका आयोजना निर्माण गर्न सहभागिता जनाउने,
१५:समाजिकीकरणको भावना सिकाउने,
१६:गन्तव्यहरुको पहिचान, प्रवद्र्धन तथा बजारिकरण गर्ने।
नेपालमा रोजगारीको सम्भावना नभएकै कारण युवा विदेसिएका छन् । स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने हो भने अधिकांश युवाहरु बिदेसिने थिएनन् । हाम्रा गाउँ-बस्तीहरु युवा विहिन बन्दै गएका छन् । काम गर्ने जन शक्तिको अभावमा हाम्रा कृषियोग्य जमिन बाझो हुँदै गएका छन्। कोरोना महामारीले लाखौ युवा वैदेशिक रोजगारीबाट रोजगारी गुमाएर झन्डै १५ लाख नेपाली युवा घर फर्केका छन् । यसले झन बेरोजगारीको समस्या थपिदिएको छ। कोरोना महामारीले थलिएको नेपालको अर्थतन्त्रले देशमै भएका युवालाई त रोजगारी दिन सकेको छैन भने अझ विदेशबाट फर्किएका युवालाई कसरी रोजगारी दिने ? यो मुख्य चुनौतीको बिषय बनेको छ । कोराना कहरले वैदेशिक रोजगारीको विकल्प समयमै खोज्नु पर्छ भन्ने गतिलो सन्देश दिएको छ । देशमै रोजगारीको अवसर सिर्जना गर्न तर्फ राज्य जिम्मेवार बन्न जरुरी छ ।
समस्या तथा चुनौती :
वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै स्वदेशमै रोजगारीका नयाँ सम्भावनाभरू खोजी गर्नु सहज पक्कै छैन । मुलुकको दुई तिहाइ कृषिमा आश्रित श्रमशक्ति अझै पनि निर्वाहमुखी नै छ । राज्यले लगानीको वातावरण र प्रतिफलको सुनिश्चित गर्न सकेको छैन । जसले गर्दा वैदेशिक लगानी भित्रिन सकिरहेको छैन । पहिले स्थापना भएका उद्योगभरू बन्द हुँदै गएका छन् । नयाँ उद्योगधन्दा स्थापना हुने संकेत देखिएको छैन । मुलुकभित्र रोजगारी प्रवद्र्धन र उद्यमशीलता विकासका निम्ति क्रियाशील रहेका कोषहरुले परिणाममुखी नतिजा दिन सकेका छैनन् । तालिम प्रदायक सबै संस्थापक सिटिइभिटी अन्तर्गत आबध्द गरी सीपमुलक तालिम सन्चालन गर्न सकेको छैन, युवालक्षित कार्यक्रमलाई एकीकृत गरी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्‌मार्फत संचालन गर्न सकिएको छैन् । शिक्षित युवा बेरोजगारी बढ्नु, मुलुकमा पर्यात रोजगारीका अवसरहरू सिर्जना हुन नसक्नु, सीप विकास र रोजगारीबीच तालमेल नहुनु र देश विकासमा आवश्यक पर्ने श्रमशक्ति बाहिरिनु टडकारो समस्याको रुपमा रहेको छ । जसले गर्दा आज विकास निर्माणका काममा श्रमिक मजदुरहरूको अभाव हुन थालेको छ । विशेष गरी नेपालमा श्रम संस्कृतिको अभाव छ।श्रमको सम्मान पनि छैन । युवा विकासका लागि ठोसनीति तथा कार्यक्रमको अभाव छ, भएका कार्यक्रमको पनि कार्यान्वयनमा चुनौती छ। युवा विकास र अधिकारको विभिन्न पक्षमा बहस, छलफल र समीक्षा गर्ने हुँदा युवाका लागि युवा दिवसको विशेष महत्व छ । नेपाल जनसांख्यिक लाभको अवस्थामा रहेको सन्दर्भमा कसरी युवालाई शब्द निर्माणमा लगाउन सकिन्छ भन्ने बिषयमा बहस हुन आवश्यक छ ।
लेखक:-
सुजन शर्मा सापकोटा
फलेवास नगरपालिका -२, थापाठाना पर्वत

ताजा

Related Articles