पर्वत -नजिकिदै गरेका चाडपर्वहरुलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्वतले खाद्यान्न पसलहरुमा बजार अनुगमन गरेको छ। सायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलको नेतृत्वमा कुश्मा बजारका डिपार्टमेन्ट स्टोर र खुद्रा विक्रेताहरुमा बुधबार अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा भेटिएका म्याद नाघेका खाद्ययपदार्थहरु बरामद समेत गरिएको छ । बरामद गरिएको विस्कुट,जुस,पास्ता लगायतका खाद्ययपदार्थ नष्ट गरिने साहयक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले बताउँनुभयो । अनुगमनका क्रममा म्याद नाघेका समाग्री बिक्री नगर्नका लागि निर्देशन दिइएको समेत पौडेलले बताउँनुभयो ।
यस्तै पर्यटन तथा उद्योग कार्यालय पर्वतका प्रमुख अशोक कुमार नेपालीले अनुगमनका क्रममा व्यापारीहरु सचेत भएको पाइएको बताउँदै समय समयमा अनुगमनलाई निरन्तरता दिने बताउँनुभयो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय, पर्यटन तथा उद्योग कार्यालयसंगै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी वरिष्ठ नायव निरीषक शकर प्रसाद श्रेष्ठ,उद्योग वाणिज्य संघका सदस्य अम्बिका कुमारी शर्मा,राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष सिता कुमारी शर्मा, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

