28.1 C
Kathmandu
Tuesday, July 16, 2024

अन्तर्राष्ट्रिय पर्वत समाजको चौंथो अधिवेशनको तयारी अन्तिम चरणमा

पर्वत -अन्तर्राष्ट्रिय पर्वत समाजको चौंथो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । समाजले बिहिबार कुश्मामा गरेको पत्रकार सम्मेलनमा अधिवेशनको सबै तयारी पूरा भैसकेको जानकारी दिइएको हो । अधिवेशन पर्वतको जलजला गाउँपालिका ३ मल्लाजमा यहीँ असोज २७ गते हुने बताइएको छ ।

अधिवेशनको तयारीका विषयमा जानकारी दिंदै अध्यक्ष झलक केसीले विश्वभरमा छरिएर रहेका पर्वतेहरुलाई जोड्ने अभियानका साथमा समाजको गठन भएको र समाजले पवित्र भावनाका साथ काम गरिएको जानकारी दिनुभयो । उहाँले बिश्वभरबाट अधिवेशनमा भाग लिन आउने क्रम जारी रहेको केसीले बताउनुभयो । उहाँले अधिवेशनले नयाँ नेतृत्व चयन र आगामी कार्ययोजना बनाउने जानकारी दिनुभयो ।

ताजा

Related Articles