पर्वत-पर्वतको कुश्मा स्थित सामाजिक कार्यमा अग्रसर प्रगति जननी समुहको पदस्थापना तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि पदस्थापनासँगै दसैं, तिहार र छठ लगायतका चाडपर्वको शुभकामना समेत आदान प्रदान गरिएको छ ।
कार्यक्रममा बोेल्दै प्रमुख अतिथि कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोेशीले समुहलाई अझ क्रियाशिल बनाउनुपर्नेमा जोड दिँदै दसैं तिहार लगायत नजिकिँदै गरेको चाडपर्वको अवसरमा शुभकामना ब्यक्त गर्नुभयो ।कार्यक्रममा कुश्मा नगरपालिका-५ का वडाध्यक्ष रामहरी चापागाईं, ६ का वडाध्यक्ष ईश्वर गिरी, सामाजिक बिकास कार्यालयका प्रमुख मुना अधिकारी, पर्वत पर्यटन प्रबर्द्धन केन्द्रका संस्थापक अध्यक्ष शिव शर्मा पौेडेल, धौलागिरी बहुद्धेश्य महिला समुहकी अध्यक्ष सरस्वती गिरी, पर्वत नारी समुहकी अध्यक्ष अनिता सापकोटा र सल्लाहकार कमला पन्तको उपस्थिती रहेको थियो ।

सो अवसरमा कुश्मा नगरपालिका ६ मा बसोेबास गर्दै आएकी मन कुमारी पौडेललाई मृगौलाको उपचारार्थ समुहले ७ हजार रुपैयाँ सहयोग गरिएको थियो। कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले मृगौला रोगी पौडेललाई व्यक्तिगत तर्फबाट ५ हजार सहयोग गर्नुभएको छ भने पीडितको उपचारका लागि कुश्मा नागरपालिकाबाट पनि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
समुहकी अध्यक्ष चन्द्रकला लम्साल पौडेलको अध्यक्षमा सम्पन्न कार्यक्रममा सह-सचिव संगिता रेग्मीले स्वागत र सचिव सिर्जना आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।


