पर्वत अस्पतालमा बेड चार्ज नलाग्ने

312

पर्वत-जिल्लाको एक मात्र ठूलो अस्पताल पर्वत अस्पतालमा बेड चार्ज (शैया शुल्क) निःशुल्क हुने भएको छ । अस्पतालका प्रमुख डा. हेमन्त बास्तोलाले सार्वजनिक सुचना जारी गर्दै अस्पतालमा बेड चार्ज वापतको शुल्क नलाग्ने जानकारी गराएका हुन् ।

अस्पताल ब्यवस्थापन समितिको निर्णय अनुसार कार्तिक महिनाबाट विरामीले प्रयोग गर्ने बेड वापतको शुल्न नलाग्ने भएको हो । यस अघि विरामी उपचारका लागि भर्ना हुँदा बेड चार्ज वापतको शुल्क लाग्ने गरेको थियो ।

विरामीको सेवालाई जनमुखी बनाउनका लागि अस्पतालले यस्तो निर्णय गरेको अस्पतालका अध्यक्ष शंकर गिरी बताउँछन् ।

यस अघि १५ शैयाको स्विकृति रहेको अस्पतालमा २०७९ साल वैशाख देखि ४१ शैया थप गरी हाल ५६ शैया सञ्चालनमा रहेको छ । अस्पतालमा नयाँ भवनको निर्माण र विशेषज्ञ डाक्टरको उपस्थितीसंगै उपचारका लागि आउने विरामीको संख्यामा बृद्धि भने भएको छ । अस्पतालमा पछिल्लो समय अत्याधुनिक मेडिकल उपकरणहरु समेत भित्रिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here