माओवादी केन्द्रको शुभकामना आदानप्रदान तथा रचनावाचन कार्यक्रम सम्पन्न

145

निर्मल पौडेल, पर्वत-नेकपा माओवादी केन्द्र फलेवास नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा रचनावाचन कार्यक्रम आज सम्पन्न भएको छ। विजया दशमी शुभ दिपावली,नेपाल सम्वत ११४३ छट पर्व २०८० को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन सङ्गै विविध सास्कृतिक कार्यक्रमहरु गर्दै खानिगाउँमा सम्पन्न भएको हो ।

सम्पन्न कार्यक्रममा नेपका माओवादी केन्द्रका केन्द्रीय सचिव गण्डकी प्रदेश इन्चार्ज तथा नेपाल सरकारका पुर्व शिक्षा मन्त्री माननीय देबेन्द्र पौडेलले सम्बोधन गर्नुभयो। पौडेलले विभिन्न पर्वहरुको सवैमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपाल अनेकतामा एकता भएको मुलुक भएकोले यस्ता चाडपर्वहरुले आपसी सद्भाव भाइचारा सङ्गै धार्मिक तथा ऎतिहासिक महत्व थप वृद्धि गर्ने बताउनुभयो। यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बलावती शर्माले धार्मिक सहिष्णुतामा खलल नपुग्ने गरि चाडपर्वहरु मनाउनुपर्ने बताउनु भयो।

शर्माले यस्ता कार्यक्रमहरुले जनजनमा पुनर्मिलन गराउने भन्दै आयोजक फलेवास नगरकमिटी ले जस्तै अन्य कमिटीले पनि सिको गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष एवं पार्टीको ३ महिने अभियानका फलेवास नगर इन्चार्ज ज्ञामनाथ गैरेले चाडपर्वहरुले जनजनमा उत्साह थपे जसरी कार्यक्रममा भएको बाक्लो उपस्थितले फलेवासको पार्टी पंक्तिमा पनि थप उर्जा भरेको उल्लेख गर्नु भयो।

समापन कार्यक्रममा बोल्दै कार्यक्रममा अध्यक्ष तथा माओवादी केन्द्र फलेवास नगर कमिटी अध्यक्ष शोभा कुमारी क्षेत्रीले देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो।

क्षेत्रीले नगरवासी सवैमा घर आगनीमा छाइरहेको बिजया दशमी ,शुभ दिपावली,नेपाल संवत,छठ लगायतका पर्वहरु सौहार्द रुपमा मनाउन आग्रह गर्नुभयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले शुभकामना आदानप्रदान गर्दै पार्टीले गरेका पछिल्ला कार्यहरुले पार्टी पंक्तिमा थप उत्साह थपेको बताएका थिए ।

कार्यक्रममा गजलकार कपिल शर्मा,एन पी घायल,कवि शिव संकल्प,मुक्तककार राम्जी आचार्य र ध्रुब केसी केसीले आफ्ना सिर्जना मार्फत समसामयिक देश काल र पविवेशको चित्रण सङ्गै कटाक्ष गरेका थिए। कार्यक्रममा जनयुद्धमा सहादत गर्ने सहिद परिवार लाई सम्मान गरिएको थियो।

यस्तै बिद्यार्थीहरुले उत्कृष्ट गीत र नृत्य प्रस्तुत गरेको कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य,प्रेम राना,लोकराज आचार्य सौगात,तारा रिजाल पराजुली ,गङ्गा तिमिल्सिना ,लिला दवाडी ,मेघलाल बिक,जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसी,माओवादी केन्द्र कुस्मा नगर कमिटी अध्यक्ष शंकर गिरी,माओवादी विहादी गाउँ पालिका अध्यक्ष ऋषिराम भुसाल ,प्रेस सेन्टरका प्रदेश सदस्य मुरारी शर्मा संगम,वाइसीएल जिल्ला अध्यक्ष रुपक भट्ट,शिक्षक संगठन फलेवास नगर कमिटी अध्यक्ष विजयराज पौडेल,अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य हिटलर थापा,अखिल क्रान्तिकारीका केन्द्रीय सचीव विजय प्रकाश सापकोटा,माओवादी केन्द्र पर्वत काठमाण्डाै सम्पर्क मंचका ,उपाध्यक्ष अशोक,दिपक गौतम ,सिर्जना भण्डारी,सचिव कमल रिजाल,सुवास लामिछाने , जनप्रतिनिधि रमाकान्त पौडेल,कुल बहादुर बिक,जेष्ठ कम्युनिस्ट मन्च फलेवासका अध्यक्ष कृष्ण शर्मा, दलित मुक्ति मोर्चा गण्डकी प्रदेश सचीव बिष्णु बिक, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि,वुद्दीजिबि,लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा आर्थिक अवस्था कमजोर भएर कलेजो र फोक्सोको उपचार गर्न समस्या भएकी शंकरपोखरी निवासी उषा परियार लाई रु २० हजार सहयोग गरिएको थियो । यस्तै कार्यक्रममा वाइसीएल फलेवास नगर कमिटी र अखिल नेपाल महिला संघ फलेवास गठन समेत गरिएको छ। माओवादी केन्द्र नगर कमिटीका अध्यक्ष शोभाकुमारी क्षेत्रीको अध्यक्षता प्रेस सेन्टर पर्वतका अध्यक्ष निर्मल पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा स्वागत फलेवास नगर कमिटी उपाध्यक्ष कमल भुसाल र सन्चालन नगर कमिटी सचीव ढाकाराम सुवेदीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here