-आई एम इ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेश अन्तर्गतका २५ जना एजेन्सी मेनेजहरुका लागि पोखरामा २०८० कार्तिक १४ बाट १६ सम्म ३ दिनको आवासीय तालीम सम्पन्न गरेको छ।
आई.एम.इ.लाइफ इन्स्योरेन्स सेल्स ट्रेनिङ (ILIST ) तालिमको कम्पनीका मार्केटिङ बिभागका सुनिल अधिकारी र तालिम बिभागका भुवन सिंह मुरी मगरले एरिया ब्रान्च मेनेजर पुरुसोतम पाण्डित र एरिया मेनेजर कृष्ण पौडेलले सहजिकरण गरेका थिए। 
उक्त तालिममा कसरी धैरै ग्राहकहरु खोज्ने ? कसरी धेरै भन्दा धेरै अभिकर्ता भर्ना गर्ने? ग्राहकलाई भेट्नु पूर्व कस्तो तयारीका गर्ने ? ग्राहक संग भेटे पछि सहज रुपमा बीमा योजनाको कसरी प्रस्तुति गरी पोलिसी क्लोज गर्ने र बीमालेख जारी गर्ने? साथै अभिकर्ता हरुले कार्यक्षेत्रमा भोग्नुपर्ने बाधा तथा समस्याहरु समाधान गर्दै ब्यावसायिक अभिकर्ता तथा उत्कृष्ट एजेन्सि मेनेजर बन्ने बिधी साथै आफ्नो तथा आफ्नो संजालको स्वयमले ब्यावसायिक लक्ष्य निर्धारण गर्नका लागि सहजिकरण गर्दै कार्यक्रम सम्पन्न भयो।
कार्यक्रमका संयोजक गण्डकी प्रदेश प्रमुख कर्म राज पौडेलले सहभागीलाई स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै अभिकर्ताहरुको व्यावसायिक सफलताको लागि यो कार्यक्रम कोसेढुङ्गा साबित हुनेमा आफु बिस्वस्त रहेको बताए।

