17.1 C
Kathmandu
Wednesday, April 15, 2026

कुश्मा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीद्धारा भूकम्प पीडितलाई ५ लाख ११ हजार सहयोग

पर्वतकुश्मा नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षतीप्रति दुख व्यक्त गर्दै आसर्थक सहयोगको घोषणा गरेको छ । भूकम्प पीडितका लागि कुश्मा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीहरुले आफ्नो पारिश्रमिक कटाएर पाँच लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

भूकम्प पीडितका लागि सहयोग संकलन गर्ने अभियानमा आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्नुपर्छ भन्ने हेतुले आर्थिक सहयोगको जमर्कोे गरेको नगरप्रमुख रामचन्द्र जोशीले बताए। उनले भूकम्प पीडितको उद्धार, राहात तथा पुनस्र्थापनाका लागि कर्मचारीको एक दिनको तलब र जनप्रतिनिधीको पाँच दिनको सेवा सुविधा वराबरको रकम सहयोग गर्न खोजिएको बताउनुभयो ।भूकम्पका कारण समस्यामा परेका नागरिकका लागि थोरै भएपनि मल्हम लगाउने कोसिस गरेको जोशीले बताउनुभयो ।

नगरपालिकाले भूकम्पमा परि ज्यान गुमाएका नलगाड नगरपालिकाका उपप्रमुख सरीता सिँह तथा जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाएका सबै प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।यसैवीच नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले आफ्नो एक महिनाको तलब भूकम्प पिडीत राहतकोषमा जम्मा गर्ने बताउनुभयो ।

ताजा

Related Articles