11.1 C
Kathmandu
Monday, February 9, 2026

बागलुङमा प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक

बागलुङ– बागलुङ नगरपालिकाले प्लाष्टिकका फुल निषेध गरेको छ । प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको बागलुङ नगरपालिकामा स्थानीय व्यवसायीले उत्पादन गरेका फुल र घर घरमा फुलेका फुलको उपयोग हुने नगर उपप्रमुख राजु खड्काले बताए । नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको बैठकले बागलुङ नगरभित्र प्लाष्टिकजन्य फुलहरुको कारोवारमै रोक लगाउने निर्णय गरेको थियो ।

‘जिल्ला प्रशासन, उपभोक्ता मञ्चलगायत सरोकारवालासँग मिलेर निर्णय कार्यान्वयनका लागि अनुगमन समेत सुरु गरेका छौं’ खड्काले भने ‘हामीले आयात रोक्ने र प्राकृतिक बस्तुको उपयोग बढाउन यो निर्णयमा पुग्यौं ।’ प्लाष्टिकका फुलको खरिदमा बाहिरीने गरेको ठुलो रकम रोकिने खड्काले बताए ।

प्लास्टिकजन्य फूूलमालाका कारण वातावरणमा पार्ने असर रोक्नुका साथै स्थानीय फूूल उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ बिक्री वितरणमा रोक लगाइएको उनको भनाई थियो । बजारमा प्लाष्टिकका फुलको कारोवार भएको भेटिए कारवाही समेत गरिने नगरपालिकाले जनाएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग समितिले निर्णय गरेको थियो ।

ताजा

Related Articles