23.1 C
Kathmandu
Sunday, July 14, 2024

भुमि आयोग पर्वतद्धारा सुकुम्बासी र अव्यवस्थितलाई लालपुर्जा वितरण गर्ने तीव्र तयारी,गाउँगाउँमा पुगेर काम गर्दै

पर्वत-राष्ट्रिय भुमि आयोग जिल्ला समिति पर्वतले गाउँ गाउँमा पुगेर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको कागजात संकलन तथा सनाखत कार्य गरेको छ । बुधबार जिल्लाको जलजला गाउँपालिका-८ र ४ मा पुगेर निवेदकका अपुग कागजात संकलन र कागजातमा सनाखत गराउने कार्य गरिएको हो । सेवाग्राहीको सहजताको लागि वडा तथा गाउँमै पुगेर आवश्यक प्रक्रियाका कार्य गरिको जिल्ला समिति अध्यक्ष उदय सुवेदीले जानकारी दिनुभयो । त्यस्तै मोदी गाउँपालिकाको वडा नं ६ तिलाहारमा भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासिलाई उपलब्ध गराउने जग्गाको प्रारम्भिक नापजाँचको विषयमा छलफल गरि वडाले प्रारम्भिक नापजाँचको लागि जग्गा छनोट र लम्बाई चौडाईको विवरण तयार गर्ने र प्राविधिकको सहयोगमा क्षेत्रफल कायम गर्ने सहमति भएको उहाँले बताउनुभयो ।  हालसम्म जिल्ला समितिमा ३ सय ५५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको निवेदन फाराम उपलब्ध भएका छन् । जिल्ला समितिको हालसम्मको निर्णय अनुसार कागजी प्रक्रिया पुगेका जलजला, मोदी र बिहादी गाउँपालिकाका ४७ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुले जग्गा पाउने निश्चित भएको र नापजाँच गरि लालपुर्जा वितरण गर्ने तीव्र तयारी भएको जिल्ला अध्यक्ष सुवेदीले बताउनुभयो । प्रक्रिया पुगेका र जिल्ला समितिबाट निर्णय भएका लाभग्राहिहरुका लागि सम्बन्धित पालिकामा जग्गा व्यवस्थापन गर्न अनुरोध गरिएको र नापीटोलीबाट नापजाँच गरि फिल्डबुक तयार पारेर जग्गाको लालपुर्जा वितरण गरिने उहाँले बताउनुभयो ।

 

ताजा

Related Articles