28.1 C
Kathmandu
Monday, July 22, 2024

चुवा चक्रपथ कालोपत्रे हुने,नगरप्रमुख जोशीद्धारा शिलान्यास

पर्वत-कुश्मा नगरपालिका भित्र ९ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । सघन सहरी विकास कार्यक्रमले नगरपालिका भित्रका विभिन्न साना २० वटा सडकहरुलाई कालोपत्रे गर्न लागेको हो । कार्यक्रम अन्तर्गत कालोपत्रे हुने सडक मध्ये कुश्मा नगरपालिका वडा न ८ चुवा चक्रपथको एक कार्यक्रमका वीच शिलान्यास गरिएको छ । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उक्त सडकको शिलान्यास गरेका हुन्।

सडकको शिल्यान्यास पछिको कार्यक्रममा बोल्दै जोशीले पछिल्लो समय नगरपालिकाले गरेका राम्रा कामहरूलाई छायाँमा पारेर सामाजिक सञ्जालमा अनर्गल टिप्पणी गर्ने र नागरिकमा अफवाह फैलाउने केही मिडियाकर्मीहरूप्रति सतर्क रहन नगरबासीहरूमा आग्रह गरे । जोशीले भने ‘निराधार आरोप लगाएर केही व्यक्तिहरूबाट नगरपालिकालाई बदनाम गर्ने काम भएको छ, त्यो भ्रम मात्रै हो ।’ जोशीले भने । गल्ती गरेको भए कानूनी कठघेरामा उभिन तयार रहेको भन्दै सामाजिक सञ्जालमा चरित्र हत्या गरिएको जोशीको आरोप छ ।

कार्यक्रममा कुश्मा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष सुरेन्द्र केसीले आफ्नो कार्यकालभित्र चुवामा शुरू भएका सबै योजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता गरे ।

कार्यक्रममा कुश्मा नगरपालिकाका संस्थापक उपप्रमुख सीता काफ्ले लामिछाने, नेपाली काँग्रेस पर्वत प्रदेश सभा (क)का सभापति राजकुमार क्षेत्री, नेपाली काँग्रेस चुवाका पार्टी सभापति लक्ष्मण पौडेल र नेकपा एमालेका प्रतिनिधि कुलप्रसाद पोख्रेल लगायतले आफ्नो विचार ब्यक्त गरेका थिए ।

कुश्मा नगरपालिकाभित्र निर्माणाधिन ९ हजार एकसय १३ मिटर सडक कालोपत्रे हुँदैछ । नगरपालिका विभिन्न वडाहरुमा उक्त सडक कालोपत्रे हुने भएको हो । २ वटा वडा कार्यालय, पार्क र एक वटा सरकारी ब्यवसायीक भवन सहित कुल ३५ करोड ७० लाख ३७ हजार चारसय ९४ रूपैयाँको लागतमा उक्त संरचना निर्माण हुने सहरी विकास कार्यालयका इन्जिनियर विकास अधिकारीले जानकारी दिए ।-पर्वत न्युजबाट साभार

ताजा

Related Articles