23.1 C
Kathmandu
Saturday, July 27, 2024

भूमि आयोग पर्वतको हालसम्मको काम: ३ सय ६ भूमिहीन र अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गर्ने तयारी

पर्वत-राष्ट्रिय भुमि आयोग जिल्ला समिति पर्वतले हालसम्म गरेका कामको बारेमा जानकारी गराएको छ । सोमबार कार्यालयमा पत्रकार सम्मेलन गरि कामको बारेमा जानकारी गराइएको हो । हालसम्म जलजला,मोदी, महाशिला र बिहादी गाउँपालिकाबाट भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको ३ सय ६० वटा निवेदन प्राप्त भएको र जिल्ला समितिको निर्णय अनुसार ३ सय ६ निवेदनको पुनर्पुष्टी गरिएको जिल्ला समिति पर्वतका अध्यक्ष उदय प्रसाद सुवेदीले जानकारी दिनुभयो । पुनर्पुष्टि भएका निवेदकहरुलाई आवश्यक नियम प्रक्रिया पूरा गरि जतिसक्दो छिट्टै लालपुर्जा वितरण गरिने उहाँले बताउनुभयो । भूमिहीन दलित ४२,भूमिहीन सुकुम्बासी २७ र अव्यवस्थित बसोबासी २ सय ३७ गरि ३ सय ६ निवेदकका निवेदनमा छानबिन गरि पुनर्पुष्टी गरिएको उहाँले बताउनुभयो । निर्णय भएका निवेदकको विवरण सम्बन्धित पालिकामा पठाइ पालिकाले निवेदकलाई जग्गा उपलब्ध गराउने क्षेत्रफल सहितको विवरण जिल्ला समितिमा पठाएपछि नापी टोलीले नापजाँच गरि फिल्डबुक तयार गरेपछि लालपुर्जा वितरण गरिने सुवेदीको भनाइ छ।

ताजा

Related Articles