‘सुन्तलाको रसैले’ तीज गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

४ भदौ २०८३,पर्वत-पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत–संगीत सार्वजनिक हुने क्रम बढिरहेका बेला ‘सुन्तलाको रसैले’ बोलको नयाँ तिज गीत सार्वजनिक भएको छ। आसिर प्रतापजंग युटुब च्यानल मार्फत उक्त गित हालै सार्वजनिक भएको हो ।

गीतमा चर्चित कलाकारहरु शान्तिश्री परियार, शान्ता रानी परियार, क्षितिज सुनार र ऋषि खड्काको स्वर रहेको छ। गीतको शब्द तथा संगीत ऋषि खड्काले गरेका हुन् भने एरेन्ज, मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन्। गीतको रेकर्डिङ प्रिज्मा स्टुडियोमा गरिएको हो। गीतको भिडियोमा सुष्मा अधिकारी, राजकुमार सिंह, बिन्दु ज्ञावाली र आशिर प्रताप जंगको अभिनय रहेको छ। भिडियोको कोरियोग्राफी तथा निर्देशन मुकेश नेपालीले गरेका छन्। भिडियोलाई महेश महराले छायांकन गरेका हुन् भने मिलन विश्वकर्माले सम्पादन तथा कलरिङ गरेका छन्। लोकप्रिय नेपाली सांगीतिक स्वादलाई समेट्दै तयार गरिएको ‘सुन्तलाको रसैली’ गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ।

भिडियो हेर्नुहोस:-

ताजा

Related Articles