28.1 C
Kathmandu
Tuesday, July 16, 2024

मोदीमा चौथो राष्ट्रिय सभा अध्यक्ष कप र तेस्रो राष्ट्रपनि रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै

पर्वत-पर्वतको मोदी गाउँपालिकामा मंसिर २० देखि २४ गते सम्म खेलकुदको मेला लाग्ने भएको छ । गाउँपालिकाको आयोजनामा चौथो राष्ट्रिय सभा अध्यक्ष कप भलिबल प्रतियोगिता र तेस्रो राष्ट्रपनि रनिङ्ग शिल्ड प्रतियोगिता एकैपटक आयोजना गरिएको बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्म भएको पालिका मोेदी गाउँपालिकाले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ । मोदी गाउँपालिका वडा नं. ६ तिलाहार स्थित नबजागृत बहुमुखि क्याम्पसमा हुने प्रतियोगितामा गाउँपालिका अन्तर्गत अन्तर वडा भलिवल प्रतियोगिता, खुल्ला महिला भलिवल प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता र जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुको बीचमा मैत्रीपुणर् भलिवल तथा म्युजिकल चियर प्रतियोगिता लगायतका कार्यक्रम रहेका छन् ।
यहि मङ्सिर २० गतेदेखि २४ गतेसम्म आयोजित कार्यक्रम अन्तर्गत पुरुष भलिबल प्रतियोगिता तर्फ लिग कम नक आउटको आधारमा खेलाईने खेलमा प्रथम हुनेले रु १ लाख द्धितिय हुनेले रु.५० हजार र तृतिय हुनेले रु. २५ हजार रुपैया पुरस्कार र कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने मोदी गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक विमल लामिछानेले जानकारी दिनुभयो । यो प्रतियोगितामा गाउँपालिका भित्रका खेलाडी मात्र सहभागि हुन पाउने भएका छन् ।
त्यसैगरी खुल्ला महिला भलिवल प्रतियोगिता तर्फ प्रथम हुनेले रु १ लाख, द्धितियले रु ५० हजार र तृतियले रु २५ हजार पुरस्कार पाउने छन् । यसमा नेपालभरीका जुनसुकै जिल्लाका खेलाडीले समेत भाग लिन पाउने उपाध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।
त्यसैगरी रत्यौली प्रतियोगितातर्फ प्रथम, द्धितिय र तृतिय हुने समुहलाई क्रममा रु २५ हजार, रु १५ हजार र रु १० हजार पुरस्कार तथा भजन प्रतियोगितामा पनि प्रथम द्धितिय र तृतिय हुने समुहलाई क्रमश रु. २५ हजार, रु १५ हजार र रु १० हजार पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने भएको छ । पुरुष भलिवलमा ८ समुह सहभागि हुने छन् भने महिला भलिवलमा बढिमा ५ समुह सहभागि हुने अनुमान गरिएको छ ।
भलिवल प्रतियोगिताको उद्घाटन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्ने कार्यक्रम रहेको छ । यसका लागि रु २० लाख बजेट बिनियोजन गरिएको छ ।
खेल अभियान पालिकाको पहिचान भन्ने मुल नाराका साथ खेल क्षेत्रको विकास गरी समग्र पर्वत जिल्लाको पर्यटन विकास र प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्धे्रश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक लामिछानेले जानकारी दिनुभयो । यसका लागि गाउँपालिकाले सवै बजेट व्यवस्थापन गर्ने बताईएको छ ।
यस अघि वडा नं. ८ चित्रे, वडा नंं. ७ राम्जा र वडा नं.१ भुकताङलेमा तीनवटा प्रतियोगिता सम्पन्न भैसकेका छन् ।
यसैगरी मंसिर २० गतेदेखि २४ गते सम्म वडा नं. ६ स्थित नवजागृत बहुमुखि क्याम्पस र सरस्वती मावि बाजुङको खेलमैदानमा आयोजना गरिएको हो ।
रनिङ्ग शिल्ड अन्तर्गत छात्र छात्रा भलिवल प्रतियोगिता, एथलेटिक्स तर्फका खेहरु दौड, हाईजम्प, लङजम्प, ज्यावलिङ्ग थ्रो, मार्सल आर्ट लगायतका खेलहरु खेलाईने भएको छ ।
खेलमा सहभागि हुने खेलाडीहरु चालु शैक्षिक सत्रमा कक्षा १२ सम्म नियमित तर्फका विद्यार्थी हुनुपर्ने पालिकाले जनाएको छ । खेलाडीको वैद्यताको विषयमा कुनै प्रश्न उठेमा स्वयं विद्यालय जवाफदेहि हुने र आयोजक समिति र निणर्ायकको निणर्य अन्तिम हुने उल्लेख गरिएको छ । यो खेलका लागि रु ४ लाख बजेट बिनीयोजन गरिएको अध्यक्ष हिरादेवी शर्माले जानरकारी दिनुभयो ।

ताजा

Related Articles