28.1 C
Kathmandu
Monday, July 15, 2024

फलेवासमा लैंगिक हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न

रामचन्द्र भुसाल,पर्वत -लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा पर्वतको फलेवासमा लैंगिक हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । विभिन्न व्यक्तिहरुको सहभागितामा सामाजिक विकास कार्यालय पर्वतको आयोजना र फलेवास नगरपालिका तथा जिल्ला प्रहरी कार्यलय पर्वतको समन्वयमा उक्त कार्यक्रम फलेवास-५, खानीगाउँमा सोमबार  सम्पन्न भएको हो । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तग आज पहिलो दिन फलेवासमा कार्यक्रम गरीएको र आगामि दिनहरुमा पर्वतका ७ वटै स्थानिय तहहरुमा सञ्चालन गरीने सामाजिक विकास कार्यालयका संयोजक बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र वालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने मुल नाराका साथ सञ्चालन भईरहेको सामाजिक कुरीति विरुद्धको अभियान आत्महत्या रोकथाम तथा न्युनिकरणका लागि सचेतना कार्यक्रम मंसिर ९ देखि २४ सम्म सञ्चालन हुने उल्लेख गरीएको छ । कार्यक्रममा आत्महत्याको सोच कसरी पैदा हुन्छ? आत्महत्या गर्नुपुर्व व्यक्तिले देखाउने ब्यवहारहरु कस्ता प्रकारका हुन्छन्? आत्महत्या न्युनिकरण तथा रोकथामका उपाहरु केके हुन सक्छन्? आत्महत्या गर्न वाध्य हुनुका कारणहरु के कस्ता हुन सक्छन् ? आत्महत्या र आत्महानि विच के कस्ता भिन्नता रहेका छन्? डिप्रेशन भनेको के हो ? लैंगिक हिंसाका असर तथा त्यसले मानिसमा पार्ने प्रभव के कस्ता हुन्छन्? भन्ने कुराहरुको बारेमा स्वास्थ्यकर्मि, मनो तथा पोषणविद सिर्जना आचार्यले प्रस्ट पार्नुभएको थियो ।

त्यसैगरी लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने सन्दर्भमा जिल्ला प्रहरी कार्यालय पर्वतकि प्रहरी नायब निरीक्षक पुर्णिमा थापाले जवरवस्ती करणीको अपराध भनेको के हो? बलात्कृत हुनबाट कसरी जोगिन सकिन्छ? बलात्कारी विरुद्ध कसरी प्रतिकार गर्ने बलात्कृत भएमा के गर्ने? संगै आत्महत्या र मानसिक रोग, मानसिक तनावबाट मुक्त हुने उपाय तथा आत्महत्या रोकथामको बारेमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै फलेवास नगरप्रमुख गंगाधर तिवारीले यस्ता खाले अभिमुखिकरण तथा सचेतनामुलक कार्यक्रमहरुले समुदायमा सकारात्मक प्रभाव पार्न सफल भई हिंसा न्युनिकरणमा मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर ५ खानिगाउँका वडाध्यक्ष नारायण प्रसाद लामिछानेले हिंसाविरुद्धको यो अभियानले सिंगो देशमौ हिंसा न्युनिकरण्मा सहयोग पु¥याउने विश्वास ब्यक्त गर्दै आ–आफ्नो ठाउँबाट हिंसा न्युनिकरणमा सहयोग पु¥याउन उपस्थित सम्पुर्णलाई आग्रह गर्नुभयो । कार्यक्रममा स्थानिय समाजसेवी, वुद्धिजीवि, जनप्रतिनिधि, विभिन्न उमेर समुहका महिला तथा आमा दिदिबहिनिहरु, विद्यार्थी, सुरक्षकर्मी पत्रकार लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा समुदायमा भएका घटनाक्रमहरुलाई केलाउँदै छलफलको माध्यमबाट न्युनिकरणमा जोड दिईएको थियो । फनपा ५ खानिगाउँका वडाध्यक्ष नारायण प्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन समाजिक विकास कार्यालय पर्वतका संयोजक बालकृष्ण घिमिरले गर्नुभएको थियो । लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र वालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने नारालाई आत्मसाथ गर्दै उपस्थित सम्पुर्णले हिंसा नगर्ने प्रतिवद्धताका साथ हस्ताक्षर गरेका थिए ।

ताजा

Related Articles