28.1 C
Kathmandu
Tuesday, July 16, 2024

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा पर्वतमा अन्तरक्रिया तथा पालिका स्तरीय समिति गठन

पर्वत-७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अबसरमा नेपाल मानव अधिकार संगठन पर्वतले अन्तरक्रिया कार्यक्रमसँगै जलजला गाउँपालिकामा संगठनको पालिका स्तरीय समिति गठन गरेको छ । “समानता न्याय र मानव मर्यादाका लागी जुटौ, भबिष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउदै लैजाउ“ भन्ने मुल नाराका साथ मानव अधिकार दिवस-२०८० को अवसरमा जलजला गाउँपालिकाको समन्वयमा आइतबार संगठन विस्तार गरिएको हो । मानव अधिकार संगठन जलजलाको संयोजकमा डन्डपाणी पाध्या रिजाल, सचिव भिम बहादुर श्रेष्ठ , सदस्यहरु क्रमश:बाल कुमारी थापा, टेक नारायण आचार्य, प्रभा न्यौपाने र बम बहादुर बिश्वकर्मा रहेको ६ सदस्यीय समिति गठन गरीएको छ । बाँकी १ सदस्य पहिलो बैठकबाट मनोनयन गरिने बताएको छ। अन्तरक्रियालाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष एवं न्याय समिति संयोजक दिपक आचार्यले संविधानको पुर्ण कार्यान्वयन हुनसके मात्र मानव अधिकार सुनिश्चित हुने बताउँदै कानुनको बारेमा नागरीकहरुलाई जानकारी गराउन संगठन आवश्यक रहेको बताउनुभयो । स्थानीय तहमा पनि मानव अधिकार उल्लङ्घनका घटना बढेको र त्यसको न्युनीकरण तथा नियमन गर्न पर्ने भएकाले स्थानीय तहहरुमा संगठनको विस्तार थालिएको जिल्ला अध्यक्ष माधव पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा घर समुदाय, विद्यालय हुँदै सेवा प्रदायक निकाय सम्म मानव अधिकार उल्लङ्घन हुने र त्यसको न्युनीकरणमा सबै नागरिक जिम्मेवार हुनुपर्ने अध्यक्ष पौडेलले बताउनुभयो। अन्तरक्रिया कार्यक्रममा संगठनका सल्लाहकार पृथ्वी नारायण शर्माले मान्छे मानव बन्न सकेमा धेरै मानवअधिकार सुरक्षीत हुने बताउँदै धर्ममा मानव अधिकार सुनिश्चितताका बारेमा धेरै तरीकाबाट व्याख्या गरीएको बताउँदै आस्तिक बन्नु नै मानव अधिकार कार्यन्वयन हुनु भएको बताउनुभयो । कार्यक्रममा संगठनका सल्लाहकार कुलप्रसाद उपाध्याय, गैसस महासंघ नेपालका केन्द्रीय सदस्य जगन्नाथ शर्मा, गैसस महासंघ पर्वतका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा, जलजला गाउपालिका वडा नं ८ का अध्यक्ष एवं पालिका प्रवक्ता हरिविकाश जि.सी., डण्डपाणी रिजाल लगायतले मानवअधिकार र यसका विभिन्न आयामहरुका बारेमा बोल्नु भएको थियो। जिल्लामा सदरमुकाम मात्रै नभई स्थानीय तहका मुकाममा पनि खवरदारी गर्न पालिका स्तरीय मानवअधिकार संगठन गठन गरीएको हो । समिति गठन पछि जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य र मानव अधिकार संगठन पर्वत अध्यक्ष माधव पौडेलले पदस्थापन गराउनु भएको थियोे । कार्यक्रम संगठनका उपाध्यक्ष जगत सापकोटाको स्वागत र सञ्चालन सचिव रुद्र शर्माले गर्नु भएको थियो।

ताजा

Related Articles