28.1 C
Kathmandu
Monday, July 15, 2024

कुश्माको नमुना आवासीय माबिका शिक्षकद्वारा बिद्यार्थीलाई निर्घात कुटपिट ।

पर्वत- पर्वतको कुश्मा बजारमा रहेको एक निजी बिद्यालयका शिक्षकले आफुले पढाउने विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । नमुना आवासीय माबिका  शिक्षक सज्जन पौडेलले कक्षा ७ मा अध्ययनरत विद्यार्थी स्वर्णिम केसीलाई निर्घात कुटपिट गरेका हुन ।

सोमबार देशभर मानवअधिकार दिवस मनाउँदै गर्दा यता शिक्षक पौडेलले चाहिँ विद्यार्थी केसीलाई बक्सिङ मात्र हानेनन् कि लात्ती हान्दै ढोकाबाट बाहिर फालिदिएका बताइएको छ । शिक्षकको कुटाइबाट घाइते भएका केसीलाई विद्यालयका अन्य शिक्षकहरूले कुश्माको एक निजी मेडिकलमा लगेर सामान्य उपचार गराएर घर पठाएका थिए । तर विद्यार्थीको अभिभावकले छोराको दाहिने आँखा हेर्न नमिल्ने गरी सुनिएपछि बेलुका पोखरा अस्पताल पुर्‍याएर फर्काएका थिए ।

शिक्षकको कुटाइबाट शरीरका अन्य ठाउँहरूमा समेत चोट लागेको विद्यार्थी केसीकी आमा चिनु केसीले बताइन् । उनले आफ्नो छोरालाई मरणासन्न हुने गरी कुटपिट गर्ने शिक्षकलाई विद्यालयबाट निकाल्नुपर्ने माग राखेकी छिन् । बक्सिङ हान्ने शिक्षकले यस भन्दा अघि पनि विद्यार्थीहरूलाई कुटपिट गरेका कारण विवादमा आएका थिए । यता शिक्षक पौडेलले चाहिँ कक्षामा आफूले पढाउँदै गर्दा अनुशासनहीन गतिविधि गरेपछि रिसमा आउँदा यस्तो घटना घटेको र अबका दिनमा आफू सच्चिन तयार रहेको बताएका छन् ।

अभिभावकले शिक्षकलाई कारबाही गर्नुपर्छ भने पनि विद्यालय प्रशासनले चाहिँ उनको बचाउ गर्दै उहाँ जतिको ट्यालेन्ट शिक्षक नभएको भन्दै कुनै पनि हालतमा शिक्षकमाथि कारबाही नगर्ने बताएको छ । विद्यालयले शिक्षकमाथि कारबाही नगर्ने अडानपछि विद्यार्थी केसीको परिवारले विद्यार्थी कुट्ने शिक्षकलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतमा पुगेर निवेदन दिएका छन् ।

ताजा

Related Articles