25.1 C
Kathmandu
Monday, July 22, 2024

महाशिलामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु, १२ बिद्यालय सहभागी ।

पर्वत-पर्वतको महाशिला गाउँपालिकाको आयोजनामा पालिका स्तरीय अन्तर बिद्यालय”तेस्रो राष्ट्रपति रनिङशिल प्रतियोगिता-२०८०” सुरु भएको छ । महाशिला-३, बालाकोटको कृष्ण गोपाल स्मृति खेल मैदानमा उक्त प्रतियोगिता आजबाट सुरु भएएको हो ।
रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत छात्र छात्रा भलिवल प्रतियोगिता, एथलेटिक्स तर्फका खेहरु दौड, हाईजम्प, लङजम्प, ज्यावलिङ्ग थ्रो, सटफुट थ्रो लगायतका खेलहरु आजबाट सुरु भएका छन् ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालले विद्यार्थीहरु भविष्यमा देशका लागि सक्षम र उत्कृष्ट खेलाडी उत्पादनमा जोड दिने उद्देश्यले प्रतियोगिता संचालन गरिएको बताउनुभयो । प्रतियोगिताले विद्यार्थीहरुको चौतर्फी क्षमता विकासका साथै आपसी भाइचारा, मेलमिलाप, सद्भाव,स्वस्थ्य प्रतिस्पर्धा र खेल मैत्री वातावरणमा मद्दत पुर्‍याउने उहाँले बताउनुभयो । त्यस्तै गाउँपालिकाका प्रवक्ता वडा नं. ३ का अध्यक्ष तथा प्रतियोगिता संयोजक कर्ण प्रताप गुरुङले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीको खेल क्षेत्रको विकास सँगै पालिकाभित्रका बिद्यालय र विद्यार्थी बिच सद्भाव बढाएको बताउनुभयो । नितान्त खेलकुदको बिकासमा प्रतियोगिता केन्द्रित भएको उहाँको भनाइ छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष धनसुबा बिक, वडा नं. १ का अध्यक्ष तिलक बहादुर मल्ल, २ का अध्यक्ष दिपक गुरुङ, ३ का अध्यक्ष कर्ण प्रताप गुरुङ, ४ का अध्यक्ष पुर्ण बहादुर मल्ल, ५ का अध्यक्ष चन्द्र बहादुर मल्ल, ६ का अध्यक्ष गोबिन्द बहादुर बिश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुली, लेखा अधिकृत सन्तोष बिक, स्वास्थ्य शाखा प्रमुख नर बहादुर बराल,गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी, बिद्यालयका  प्रअहरु लगायत अन्य सरोकारवालाको उपस्थिति रहेको थियो । प्रतियोगितामा आज सम्पन्न भएको जनप्रतिनिधि र कर्मचारीबिचको मैत्रीपुर्ण ब्याट्मिन्टन प्रतियोगितामा कर्मचारीको टिम बिजयी भएको छ । प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुली र सब इन्जिनियर रमकान्त पौडेलको टिम बिजयी भएको हो । त्यस्तै कार्यक्रममा महेन्द्र ज्योति माबि स्काउटका विद्यार्थीहरुले स्काउट गितमा नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा महाशिला गाउँपालिकाका विभिन्न १२ वटा विद्यालयको सहभागीता रहेको छ । प्रतियोगिता सुरु हुनुपुर्व विद्यार्थीहरुको आफ्नो बिद्यालयको व्यानर र राष्ट्रिय झण्डा लिएर मार्चपास गरेका थिए । प्रतियोगिता यहीँ मंसिर ३० गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम, दित्तिय र तृतीय हुने विद्यार्थीहरुलाई शिल्ड, मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताएको छन् ।
वडा नं. ३ का अध्यक्ष तथा प्रतियोगिता संयोजक कर्ण प्रताप गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख नारायण गौतमले गर्नुभएको थियोे ।

ताजा

Related Articles