25.1 C
Kathmandu
Monday, July 22, 2024

पर्वतको ठुलीपोखरीमा वडा कार्यालयवाटै सामाजिक सुरक्षा भत्ता वितरण

पर्वत-पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा वडा कार्यालयवाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।गरिमा विकास बैंकको कुश्मा शाखाले मंगलवार वडामै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । ठुलीपोखरीमा एकैदिन १ सय ७ जनाले भत्ता लिएको वडा अध्यक्ष झलक रिमालले जानकारी दिनुभयो । कुश्मामा रहेको बैंकको शाखा कार्यालय सम्म आएर भत्ता लिन नसक्ने बयोबृद्ध, असहाय र अशक्त नागरिकको समस्यालाई मध्यनजर गर्दै बैंकका कर्मचारीलाई वडामै बोलाएर भत्ता वितरण गरिएको रिमालले बताउनुभयो ।
ठुलीपोखरीमा ३ सय भन्दा बढिले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । केहि लाभग्राही भने बैंकमै आएर वा आफन्तलाई पठाएर भत्ता लिने गरेको अध्यक्ष रिमालले बताउनुभयो । वडा कार्यालयवाटै भत्ता पाएपछि लाभग्राहीहरु खुशी भएका छन्।

ताजा

Related Articles