28.1 C
Kathmandu
Monday, July 15, 2024

पर्वतका स्थानीय सरकारमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनका काम प्रभावित

पर्वतजिल्लाका दुई पालिकाहरु प्रमुख प्रशासकीय अधिकृत विहिन भएका छन् । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रहरीले पक्राउ पुर्जि लिएपछि उनी अहिले सम्पर्क विहिन छन् । ११ गतेसम्मका लागि मौखिक विदा लिएर हिडेका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई कास्की जिल्ला अदालतले पक्राउ पुर्जि जारी गरेको छ ।
पुर्जि जारी गरेपछि सम्पर्क विहिन भएका पराजुली नहुँदा नरपालिकाका दैनिक कामकाजहरु रोकिएको नगरप्रमुख रामचन्द्र जोशी बताउँछन् । प्रमुख प्रशासकीय अधिकृत पराजुली उपर घुस लेनदेनको आरोप लागेपछि उनी स्वतः निलम्बनमा छन । नगरपालिकाले आगामी साता राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको आयोजना गरेको छ । प्रशासनीक र आर्थिक काम प्रभावित भएको नगर प्रमुखको भनाई छ ।

उता, लामो समय देखि विहादी गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत अभाव छ । लेखा अधिकृत अर्जुन रिजालले निमित्त कामकाजको जिम्मेवारी सम्हाले पनि संघीय मामिला मन्त्रालयले अझै पनि विहादीमा प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेको छैन । विहादी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा जिल्लाकै मोदी गाउँपालिकामा सरुवा भएपछि विहादीमा प्रमुख प्रशासकीय अधिकृतको कुर्चि रित्तो भएको हो ।

लामो समयसम्म पनि कर्मचारी मन्त्रायले नखटाउँदा विहादीमा आर्थिक प्रशासनका कामहरु प्रभावित भएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत रिजालले सामाजिक सुरक्षा भत्ता वितरण समेत रोकिने अवस्था आएको बताउँछन् ।
उता, जलजला गाउँपालिकामा भने गाउँपालिकामा कार्यरत लेखा अधिकृत फणिन्द्रप्रसाद आचार्यलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलले स्थानीय पालिकाहरुमा कर्मचारी खटाउन नसक्दा पालिकाका कामहरु प्रभावित हुने गरेका छन् ।

ताजा

Related Articles