10.1 C
Kathmandu
Monday, February 9, 2026

जापानबाट घर आएको एक दिनमै बाथरुममा निसास्सिएर पर्वतका एक युवाको मृत्यु

पर्वत- पर्वतको सदरमुकाम कुश्माबजारमा ग्याँस गिजरको पानीमा नुहाउने क्रममा निस्सासिएर बुधवार दिउँसो एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुश्मा नगरपालिका वडा नं. ६ का ३३ वर्षिय राज गुरुङ्ग रहेका छन् । विहान करिब १० बजेको समयमा बाथरुममा नुहाउन पसेका गुरुङ्ग अवेरसम्म ननिस्किएपछि परिवारले ढोका खोलेर हेर्दा ढलेर बेहोस भएको अवस्थामा भेटेका थिए । उनलाई तत्कालै पर्वत अस्पतालमा पुऱ्याईएको भएपनि उपचार सम्भब नभएपछि मनिपाल अस्पताल पोखरा रिफर गरेको प्रहरीले जनाएको छ ।

मनिपाल अस्पताल पोखरा पुऱ्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरिक्षक अविनास दिप जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार निसासिएको वा अन्य कारणले ढलेको भन्ने वारे पुष्टि भएको छैन । घटनाको वारेमा थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक जिसीले बताउनुभयो ।

मृतक युवा मंगलवार साँझ मात्र जापानवाट घरमा आईपुगेका थिए ।

ताजा

Related Articles